काठमाडौं–एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चामा अनुदार धारको पकड बलियो बन्न थालेको छ। वार्ता र सहमति गर्नुपर्छ भन्ने नेताको स्वर मसिनो हुँदै गएको र आन्दोलनबाटै छिनोफाने गर्नुपर्ने धार बलियो भनेपछि सरकारसँग वार्ता गर्ने वा आन्दोलनमा जाने भन्ने भित्र गठबन्धनभित्रै विवाद सुरु भएको छ।
गठबन्धनभित्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार वार्ता र सहमतिको पक्षमा देखिए पनि गठबन्धनभित्रका अन्य नेताले भने अहिले वार्ता गर्न नहुने दबाब दिन थालेका छन्। उनीहरुले आफूहरु वार्ताको विरोधी नभएको देखाउन पनि नयाँ सर्त अघि सारेका छन्।
गठबन्धनले औपचारिक वार्तामा बस्न प्रस्ताव निर्माण समिति विघटन, सो समितिले तयार गरेका प्रश्नावली संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउनु पर्ने र १२ बुँदे सहमतिदेखि हालसम्म सरकारसँग भएका सहमति कार्यान्वयन गर्ने प्रतिपद्धता व्यक्त गरेमात्र सरकारसँग वार्तामा बस्न सकिने मोर्चाले बताएको छ । ती माग औपचारिक रुपमा राख्ने गठबन्धनले मोर्चाले तयारी गरेको छ।
'केही दिनभित्रै गठबन्धनको सचिवालय बैठक बसेर आफ्नो बटमलाईन सार्वजनिक गर्नेछौं,' फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकन्युजसँग भने,'ती विषयमा सरकारले प्रतिबद्धता जनाएमात्र औपचारिक वार्ता गर्न सकिन्छ।' प्रधानमन्त्रीले निकालेको वक्तव्य आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएको भन्दै उनले अहिलेकै अवस्थामा वार्ताको कुनै संभावना नरहेको बताए।
सरकार पक्ष लचिलो नभए सबै कुरा आन्दोलनबाटै छिनोफानो गर्ने बताँउदै गठबन्धनले मुलुकभर आन्दोलनको वातावरण बनेको निष्कर्षसमेत निकालेको छ । गठबन्धनका नेता अहिले जिल्ला दौडाहामा छन् ।
स्रोतका अनुसार गठबन्धनको आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन बढेको र जनता पनि आन्दोलनप्रति सकारात्मक बनेको भन्दै तत्काल वार्ता गर्न नहुने पक्षमा अधिकांश नेता रहेका छन् । 'अब प्रचण्ड –पुष्पकमल दाहाल) ले चाहेर वार्ता हुने स्थिति छैन,' नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने,' अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समर्थन र जनताको अभुतपुर्व समर्थन हाम्रो पक्षमा छ । यस्तो अवस्थामा वार्ताको कुनै औचित्य हुँदैन । सबै कुरा आन्दोलनमार्फत छिनोफानो हुन्छ ।'
गठबन्धनभित्र वार्ता गरेर जानुपर्छ भन्नेमा एमाओवादी अध्यक्ष र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मात्र रहेको भन्दै ती नेताले अब प्रचण्ड र विजय गच्छदार पनि आन्दोलनबाट बाहिर जान सक्ने स्थिति नरहेको बताए।
केही अगाडिमात्रै संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफरी फेल्टम्यान ले एमाओवादी अध्यक्ष दाहाललाई फोन गरी आन्दोलनमा राष्ट्रसंघको समर्थन रहेको बताएको एक नेताले जनाए। अन्तर्राष्ट्रिय समुदायको समर्थन र मुुलुकभित्रै पनि जनताको समर्थन पाएको भन्दै अनुदारवादी पक्षले प्रचण्ड र गच्छदारलाई वार्तामा नबस्न दवाब सिर्जना गरिरहेको छ।' फेल्टम्यानले शुक्रबार एमाओवादी नेता बाबुराम भट्टराईलाई पनि फोन गरेका थिए।
अहिले गठबन्धनमा आबद्ध दलहरु जिल्ला दौडाहामा व्यस्त छन्। तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले अहिले वार्ताको कुनै अर्थ नभएको भन्दै सबै कुरा आन्दोदनमार्फतै छिनोफानो हुने बताए। 'हामीले सरकारसँग धेरै वार्ता र सम्झौता गर्यौं,' उनले भने,' विगतमा भएका सम्झौता कार्यान्वयन नहुने स्थिति आएपछि वार्ताको कुनै औचित्य छैन।'
स्रोतका अनुसार केही दिन अगाडि पहिचानका लागि संघीय गठबन्धनले आयोजना गरेको युवा दस्ता सार्वजनिक कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले समानान्तर सरकार चलाउने भनेर दिएको धम्की पनि दबाबका कारण आएको थियो। दाहालले सोही दिन प्रधानमन्त्री र एमाले अध्यक्षलाई टेलिफोन गरी वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए। तर दिउँसो सो कार्यक्रममा पुगेका दाहाललाई गठबन्धनका अन्य नेताले दबाब दिएपछि दाहालले समानान्तर सरकार चलाउने अभिव्यक्ति दिएको बतान्छ।

राष्ट्रसंघले उक्सायो आन्दोलनकारी