एमाओवादी मोर्चासँग टाढिँदै फोरम लोकतान्त्रिक
०४ फागुन २०७१
•
६ मिनेट पाठ
एमाओवादी मोर्चासँग टाढिँदै फोरम लोकतान्त्रिक
काठमाडौं– आन्दोलनको विकल्प सहमति भन्दै सहमतिबाटै संविधान जारी गर्नुपर्ने बताउँदै आएको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनबाट क्रमश टाढिँदै गएको छ । सहमतिका लागि मध्यमार्गी प्रस्ताव ल्याएर दलहरुबीच मिलन गराउन प्रयास गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पछिल्लो समय मोर्चाको आन्दोलनमा जाने निर्णयले सुशी पनि छैनन्। यसको उदाहरण सोमबार देखिएको छ।संविधानसभा र व्यवस्थापिका संसद बहिष्कार गर्ने एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको निर्णय विपरित फोरम मधेसी जनाधिकार लोकतान्त्रिकले भने व्यवस्थापिका संसद अन्तर्गतको वातावरण संरक्षण समितिको बैठक बसाएका छन्।




संविधनसभा प्रक्रियामा प्रवेश गरेको विरोधमा एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले संविधानसभा र व्यवस्थापिका संसद अन्तर्गतका समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। ३० दलीय मोर्चाले सरकार र संविधासभा अध्यक्ष नेम्वाङलाई असहयोग गर्ने नीति अनुसार संविधानसभा र व्यवस्थापिका संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।

मोर्चाको निर्णय विपतिर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको भागमा परेको व्यवस्थापिका संससको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले बैठक बोलाएका थिए। बैठकमा अर्घाखाँची जिल्लाको चुनढंगा खानी उत्खनन्का सम्बन्धमा छलफल गरिएको थियो। बैठकमा उद्योगमन्त्री महेश आचार्य, विज्ञान तथा प्रविधि तथा वातावरण मन्त्रालयका सतिव कृष्णचन्द्र पौडेललगायतलाई बोलाइएको थियो।

'संविधानसभा बहिष्कार गर्ने मोर्चाको निर्णय हो,' समितिका सभापति चौधरीले नागरिकन्युजसँग भने,'संसद र त्यस अन्तर्गतका समितिको बैठक बहिष्कार गर्ने निर्णय एमाओवादीले मात्र गरेको हो। मोर्चाले गरेको होइन।' उनले व्यवस्थापिका अन्तर्गतका समितिको बैठक बहिष्कार गर्ने निर्णयका विषयमा आफ्नो दलले कुनै निर्देशन नदिएको बताए ।

३० दलीय मोर्चाले संविधानसभा र व्यवस्थापिका संसद र त्यस अन्तर्गतका समिति बहिष्कार गर्ने निर्णय गर्ने बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयं उपस्थित भएको मोर्चाका सदस्य आरके खुम्बुले जानकारी दिए। 'मोर्चाले आधिकारिक रुपमा नै संविधानसभा र व्यवस्थापिका संसद बहिष्कार गर्ने निर्णय गरेको हो,' खुम्बुले नागरिकन्युजसँग भने,' बहिष्कार गर्ने निर्णय गरेको बैठकमा गच्छदार स्वयं उपस्थित हुनुहुन्थ्यो ।'

एमाओवादी मोर्चासँग किन टाढिए गच्छदार?


प्रमुख प्रतिपक्षसहितका दलले संविधानसभामा नाराबाजी गर्दा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चुपचाप मात्र रहेका थिए। उनले नाराबाजी गरेका थिएनन्। गच्छादारले आन्दोलनमा जान नहुने बरु सहमति गर्नुपर्ने बताउँदै आएका छन्। गच्छदारले दलहरुबीच मिलनविन्दु हुने भन्दै मध्यमार्गी प्रस्तावसमेत ल्याएका थिए। उनको प्रस्तावमा कांग्रेस एमालेलगायतका सत्तापक्ष दल सहमत भएपनि मोर्चाभित्रकै विरोधका कारण सहमति हुन नसकेको हो।

व्यवस्थापिका संसद अन्तर्गतका समितिमा एमाओवादीले सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति पाएको छ । यसै गरी फोरम लोकतान्त्रिकले एक र थरुहट तराई पार्टीले एक–एक समितिको सभापति पाएका छन् ।

'हाम्रो दल मोर्चाको निर्णय प्रति अडिग छ,' थरुहट तराई पार्टीका संसदीय दलका नेता गोपाल दहितले भने,' मोर्चाले निर्णय फिर्ता नलिएरसम्म समितिको बैठक बोलाउने र बैठकमा सहभागी हुने काम हुदैन ।' सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको तयारीमा लाग्न सबै मोर्चामा आबद्ध दलका नेता तथा सभासदलाई जिल्ला जान निर्देशन दिएको भन्दै जिल्ला नभएर समितिको बैठक बोलाउनुले शंका उत्पन्न भएको बताए ।

संसद बहिष्कार गर्ने निर्णयको मोर्चाभित्रै विरोध भएको थियो । एमाओवादीभित्र पनि सो निर्णयको विरोध भएको थियो । मोर्चाका सदस्यले विपक्षीले आफ्नो आवाज राख्ने ठाउँ नै संसद भएकाले संसद बहिष्कार गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका थिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस