घटना थामथुम पार्न कागजी समिति
२५ माघ २०७८
•
५ मिनेट पाठ
घटना थामथुम पार्न कागजी समिति
गत शनिबार मधेस प्रदेश सरकारले किसानका समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गर्‍यो।

पाँच सदस्यीय समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव छन्। समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश सर्राफ सदस्य छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले एक महिनादेखि किसानसँग सम्बद्ध मलखाद, बिउबिजन, सिँचाइ, बजार व्यवस्थापन, बाली तथा पशु बिमालगायतका समस्या समाधान गर्न आन्दोलन गर्दै आएको थियो। यसै पृष्ठभूमिमा गठित समितिलाई कृषि तथा पशुपक्षी, मलखाद, बिउबिजन तथा सिँचाइ समस्या, बिमा, डुबानकटान, यान्त्रिकीकरणको अवस्था, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा तथा आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेबारी दिइएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री साहले जानकारी दिए। 

समितिलाई १५ दिनभित्र मन्त्रिपरिषद्मा अन्तरिम प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ। समितिलाई एक महिनाभित्र पूर्ण प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको प्रवक्ता साहले बताए।

मधेस प्रदेश सरकारले जनमत पार्टीको आन्दोलन मत्थर पार्न समिति गठन गरेको टिप्पणी गरिँदैछ। जनमत पार्टीसम्बद्ध प्रेस जनमत संघका अध्यक्ष बिपी साहले जनताको करको रकम हजम गर्न समिति गठन गरिएको टिप्पणी गरे। उनले भने, ‘समिति गठन गरेर भत्तामा जनताको करको रकम स्वाहा गर्नुभन्दा माग सम्बोधन गरिदिए भैगो नि!’

प्रदेश सरकारले गठन गरेको समितिबाट किसानको समस्या सम्बोधन हुन नसक्ने आशंकालाई विगतले समेत पुष्टि गर्छ। प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न घटनाको छानबिनका लागि समिति गठन गरे पनि प्रतिवेदन सार्वजनिक भएनन्। घटनाको दोषीसमेत यकिन नहुँदा ती घटनाहरू त्यत्तिकै सेलाएर गए।

०७७ साल असारमा प्रदेश सरकारले राजु सदा मृत्यु प्रकरण छानबिनका लागि समिति गठन गर्‍यो। प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार अभावमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानबिनका लागि पाँचजना सांसद राखेर विशेष समिति गठन भएको थियो।

समितिमा नेकपाका सांसद रवीन्द्र बैठा, जसपाकी सांसद चमेलीदेवी दास, जसपाकै सुरिताकुमारी साह, नेपाली कांग्रेसका नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सावित्रीदेवी साह थिए।

समितिले सभामुखको निर्देशनमा रही सदाको मृत्युसम्बन्धमा अध्ययन गर्ने, अवश्यक परे विशेषज्ञ सहयोग लिन सक्ने, अध्ययनका क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने अधिकार पाएको थियो। समितिलाई बढीमा ५ दिनमा प्रतिवेदन प्रदेशसभामा पेस गर्न भनिएको थियो।

भारतबाट रोजगार गरी फर्केका १६ वर्षीय सदाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको थियो। उपचार अभावमा असार ९ गते उनको प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी वार्डमा मृत्यु भएको थियो।

यस्तै तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयका तत्कालीन सचिव विद्यानाथ झालाई कुटपिट गरेको भनिएको घटना छानबिन गर्न प्रदेश २ सरकारले ३ सदस्यीय टोली गठन गरेको थियो।

गत पुस १९ गते प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तत्कालीन मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाललाई राखेर समिति गठन गरिएको थियो। समितिलाई छानबिन प्रतिवेदन बुझाउन तोकिएको समयसीमा समाप्त भएको महिनौं बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन।

यसैगरी पाँचजना सर्वसाधारणको ज्यान जाने गरी भएको सप्तरीको मलेठ काण्ड छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिले प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रदेश सरकार आफैंले समिति गठन गर्‍यो।

२०७३ फागुन २३ गते सप्तरीको मलेठमा पाँचजनाको ज्यान जानेगरी भएको झडपको बारेमा जाँचबुझ गर्न प्रदेश सरकारले ०७६ साउन ७ गते तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा चारसदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र ततकालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य थिए।

१५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी गठन भएको समितिले १५ दिन ढिला गरी छानबिन सुरु गरेको थियो। यो समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। हस्ताक्षर विवादले तयार प्रतिवेदन सार्वजनिक हुन नसकेको बुझिएको छ।

मलेठ घटना भएको पाँच वर्ष हुन लागेको छ। राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेको छ। त्यसमा आन्दोलनकारी र नेकपा एमालेका साथै प्रहरीलाई समेत दोषी देखाइएको छ। 

छानबिनका क्रममा प्राप्त भएका तथ्यका आधारमा कार्यक्रम नगरी नछोड्ने नेकपा एमालेको अडान, कार्यक्रम हुनै नदिने मधेसी मोर्चाको हठका कारण पाँचजना निर्दोष व्यक्तिको ज्यान गयो भनी आयोगले ठहर गरेको छ। त्यसमा चित्त नबुझेको भन्दै प्रदेश २ सरकारले आफैं छानबिन समिति गठन गरेको थियो।

०७७ कात्तिक १३ गते यातायात व्यवस्था विभाग जनकपुर कार्यालयको करिब ३०० थान स्मार्ट लाइसेन्स धान खेतमा फेला पर्‍यो। कार्यालयमा सेटिङ मिलाएर भ्रष्टाचार मौलाएको भन्दै आलोचना भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले छानबिन समिति बनाए। तर न समितिको प्रदेवेदन सार्वजनिक भयो न जनकपुर यातायात कार्यालयको बेथितिमा कुनै सुधार आयो।

०७८ भदौमा महालेखापरीक्षकको कार्यालयले मधेस प्रदेश सरकारको अनियमितता उल्लेख गरिएको प्रतिवेदन सार्वजनिक गर्‍यो। उक्त प्रतिवेदनका कारण मधेस सरकारको चौतर्फी आलोचना भयो। लगत्तै सरकारले दुईवटा छानबिन समिति बनायो।

एउटा समितिले मुख्यमन्त्री कार्यालयबाट सञ्चालित लोकप्रिय योजनाको छानबिन गर्ने भनिएको थियो भने अर्को समितिले जानकी मन्दिरको सौन्दर्यीकरण योजनामा भएको अनियमितता छानबिन गर्ने भनिएको थियो।

मन्दिर सौन्दर्यीकरणका लागि बृहत्तर जनकपुरलाई मुख्यमन्त्री कार्यालयले करिब १२ करोड रुपैयाँ रकम उपलब्ध गराएको थियो। समितिले असोजसम्म अध्ययन गर्‍यो। त्यसपछि असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेपछि समितिको छानबिन रोकियो।

यी र यस्ता छानबिन समिति मधेस प्रदेश सरकारले चार वर्षको अवधिमा एक दर्जनभन्दा बढी नै बनायो। घटना हुनेबित्तिकै दोषी पत्ता लगाएर कारबाही गर्ने उद्देश्यले समिति गठन हुन्छ। तर न समितिको प्रतिवेदन सार्वजनिक हुन्छ न दोषीमाथि कारबाही नै हुन्छ। समिति बनाएपछि त्यसले उपलब्धि दिन सक्नुपर्छ। घटना सेलाएसँगै प्रतिवेदन गायब हुने प्रवृत्तिले विकृतिलाई नै बल पुग्ने आम धारणा छ।
अर्को समाचार

लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस