काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'बहुसरोकारवाला वन कार्यक्रम' (एमएसएफपी) मा भएको तालिम खर्च, नवीनतम कोष कार्यक्रम र संस्था छनोटको विवरण वन मन्त्रालयस"ग मागेको छ। कार्यक्रम सञ्चालनका लागि संस्था छनोट र तालिम दिने काम दाताका तर्फबाट स्थापित सहयोग एकाइ (एसएसयु) ले गरेको थियो। तर, आयोगले मन्त्रालय र सरकारको प्रतिनिधित्व हुने कार्यक्रम संयोजकको कार्यालय (पिसिओ) सँग जानकारी मागेको छ। मन्त्रालयले पनि पिसिओसँगै विवरण मागेको छ। यो कार्यक्रमबारे आयोगले दोस्रोपटक जानकारी मागेको हो।
पिसिओ प्रमुख धनञ्जय पौडेलले आयोगले सोधेका प्रश्नहरू एसएसयुस"ग सम्बन्धित भएको उल्लेख गर्दै भने, 'तर पनि सरकारी प्रतिनिधित्वको हैसियतले एसएसयुस"ग विवरण मागेर पठायौं।'
पिसिओले माघ २६ गते आयोगलाई र फागुन १ गते मन्त्रालयलाई कार्यक्रमका सबै विवरण पठाए पनि मन्त्रालयले अझै पठाएको छैन। 'आयोगले छानबिन गरी मन्त्रालयको राय पठाउन भनेको छ,' मन्त्रालयका अनुसन्धान अधिकृत यज्ञनाथ दाहालले भने।
आयोगले पत्रपत्रिकाको हवाला दिँदै तालिममा भएको खर्च विवरण, संस्था छनोट प्रक्रिया र नवीनतम कार्यक्रमबारे जानकारी मागेको हो।
'सबै काम एसएसयुले गरेकाले उहा"हरूले पठाएको विवरण हामीले हुबहु पठायौं,' पौडेलले नागरिकस"ग भने। एसएसयुले तालिममा लागि एक करोड ६० लाख ९१ हजार ९ सय १० रुपैयाँ खर्च भएको जानकारी दिएको छ।
एसएसयुले छवटा संस्था छनोट गरेर करोडौं रुपैयाँको परियोजना उपलब्ध गराइसकेपछि पुनः तिनै संस्थास"ग आबद्ध प्रतिनिधिलाई तालिम दिन उक्त रकम खर्च गरेको हो।
यसैगरी, एसएसयुले दातामध्येको एक स्विस दूतावासको टेन्डर प्रक्रियाअनुसार तालिम दिने संस्थामा सामूहिक अभियानलाई छनोट गरेको जानकारी पनि दिएको छ। नवीनतम कोषअन्तर्गत २८ वटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइए पनि विवरणमा बजेट उल्लेख गरिएको छैन। दुई वर्षअघि छवटा संस्था छनोट गर्दा पनि त्यही प्रक्रिया अपनाइएको एसएसयुले जनाएको छ।
ती संस्था छनोट गर्दा कार्यक्रमसम्बद्ध व्यक्तिले प्रत्येक संस्थाबाट १०–१० लाख रुपैयाँ कमिसन लिएको उजुरी आयोगमा परेको थियो। आयोगले पुस १६ गते मात्र एसएसयुका प्रमुख रामु सुवेदीसहित अधिकारीसँग यसबारे चार घन्टा बयान लिएको थियो। पहिलो बयानपछि आयोजना सञ्चालन गर्दै आएका सबै संस्थाको काम र प्रभावकारिताको स्थलगत अध्ययन गर्ने टुंगोमा आयोग पुगेको थियो।
एमएसएफपी वन मन्त्रालयअन्तर्गतको सबैभन्दा ठूलो १६ अर्ब बजेटको कार्यक्रम हो। पहिलो चरणमा ६ अर्ब र दोस्रो चरणमा १० अर्ब रुपैयाँ खर्च गर्ने लथ्य राखिएको छ। अहिले पहिलो चरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।
यो कार्यक्रम सरकार, बेलायत सहयोग नियोग (डिफिड), फिनल्यान्ड र स्विस विकास सहयोग नियोगको बहुपक्षीय सहयोगमा २०६८ मा सुरु भएको हो। यसमा सरकारको ८ प्रतिशत मात्र लगानी छ भने सबैभन्दा बढी डिफिडको अनुदान छ।
वन क्षेत्रलाई नीतिगत सहयोग गर्ने, गरिब र पिछडिएका वर्गको जीवनस्तर उकास्ने, जलवायु परिवर्तनको जोखिममा परेका घरपरिवार र समुदायको उत्थान र दिगो तथा वैज्ञानिक वन व्यवस्थापनलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम सञ्चालनका लागि वन सचिव अध्यक्ष रहने स्टेयरिङ कमिटीले दुई वर्षअघि छवटा गैरसरकारी संस्था छनोट गरेको थियो। तिनमा ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) ले १३ करोड २८ लाख, इकार्ड्सले १३ करोड २४ लाख, पोखराको लिबर्डले १२ करोड २२ लाख, रूपान्तर नेपालले २३ करोड ४४ लाख, आइडिएसले ११ करोड रुपैयाँ बजेटको परियोजना पारेका छन्।
यो कार्यक्रम सञ्चालनका लागि दुइटा एकाइ बनाइएको छ। सरकारको प्रतिनिधित्व हुने गरी कार्यक्रम संयोजकको कार्यालय (पिसिओ) र दाताका तर्फबाट कार्यक्रम सहयोग एकाइ (एसएसयु) बनाइएको हो। ८३ प्रतिशत रकम दातृसंस्था (एसएसयु) मार्फत खर्च हुन्छ। त्यसको २० प्रतिशत एसएसयुले सीधै भुक्तानी गर्छ।
दातृसंस्थामार्फत हुने खर्चको लेखा परीक्षण नेपाल सरकारबाट हुँदैन। बा"की १७ प्रतिशत मात्र सरकारी प्रतिनिधिले खर्च गर्न पाउ"छन्। दोस्रो चरणमा १० अर्ब रुपैयाँ खर्च गर्ने कार्यक्रमको लक्ष्य छ।
स्टेयरिङ कमिटीको अध्यक्षता वन सचिवले गर्ने व्यवस्था रहे पनि त्यो समेत प्रभावकारी छैन। पिसिओको भूमिका पनि प्रभावहीन छ। 'सरकारको भूमिका कमजोर बनाउने गरी यो कार्यक्रम तयार गरिएको रहेछ। त्यही अनुसार दाताहरुस"ग सम्झौता भएको छ। यसले मुलुकलाई फाइदा दिँदैन,' मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने।
वन मन्त्रालयको वैदेशिक सहयोग महाशाखासँग यो कार्यक्रमको कुनै पनि सम्बन्ध छैन। पिसिओ र एसएसयु प्रमुखले अध्यक्षको हैसियतमा सिधै मन्त्रालयका सचिवस"ग समन्वय गर्छन्।