बागलुङ- नेपाली कांग्रेसका जिल्ला सचिव तथा सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा घाइते भई उपचारका क्रममा निधन भएको विषयमा छानबिन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बढुको नेतृत्वमा रहेको तीन सदस्यीय छानबिन समितिले बुधबार बुझाएको प्रतिवेदनमा कोही पनि दोषी नरहेको उल्लेख छ। पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई छानबिन समितिले जिप दुर्घटनामा परी घाइते भएका खड्कालाई पोखरा विमानस्थलबाट काठमाडौं ल्याउन एक घन्टा ४० मिनेट ढिला भए पनि त्यसमा कोही पनि दोषी नदेखिएको प्रतिवेदनमा भनिएको छ।
जिल्लाको पैयुँपाटामा प्रधानमन्त्री कोइरालाले उद्घाटन गर्ने महायज्ञमा जाने क्रममा गत मंसिर १७ गते भएको जिप दुर्घटनामा खड्का घाइते भएका थिए। उनको उपचारका क्रममा मंसिर २१ गते काठमाडांैमा निधन भएको थियो।
दुर्घटनामा परी घाइते भएका सभासद खड्कालाई तत्कालै प्रधानमन्त्रीको हेलिकप्टरमा पोखरा लगिए पनि पोखराबाट काठमाडौं लैजान अर्को हेलिकप्टर खोज्दा उपचारमा ढिलाइ भएको थियो। खड्काको परिवारले पोखराबाट तत्काल काठमाडौं नलगिएकाले समयमा उपचार हुन नसकेर निधन भएको बताउँदै आएको छ। सभासद खड्का चढेको जिप दुर्घटना र खड्काको उपचारमा भएको ढिलाइप्रति परिवार र आफन्तले आक्रोश व्यक्त गरेपछि कांग्रेस र सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए।
छानबिनका क्रममा ४८ जनासँग अन्तर्क्रिया र छलफल गरेको भए पनि उपचारको क्रममा कोही दोषी नदेखिएको छानबिन समितिका सदस्य कमल पंगेनीले बताए। 'घटनास्थलमा गम्भीर चोट लागेकाले बचाउन नसकेको उपचारमा संलग्न बागलुङ र काठमाडांैका चिकित्सकले बताए,' पंगेनीले भने, 'पोखरामा सरकारी र पार्टीका साथीहरूको समन्वयको अभाव देखिए पनि कोही दोषी देखिएन।'
दुर्घटनामा उद्धार गर्नुपर्ने राज्यको विधि र प्रक्रियालाई सुधार गर्नुपर्ने देखिएको उनले बताए। सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन भने सार्वजनिक भएको छैन।