काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्थापना गरिएको उपत्यका पृतनालाई नेपाली सेनाले खारेज गर्ने भएको छ। सरकारले केही दिनअघि स्वीकृत गरेको सेनाको 'पुनर्ढांचा योजना' मा उपत्यका पृतना खारेज गर्ने उल्लेख छ। योजना कार्यान्वयनमा आएपछि सेनासँग पाँचवटा मात्र पृतना रहनेछन्।
'पुनर्ढांचा योजनामा उपत्यका पृतना खारेज गर्ने विषय समावेश गरिएको थियो, जुन सरकारबाट स्वीकृति भएको छ। पुनर्ढांचा योजना कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा अहिले गृहकार्य भइरहेको छ,' नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भने, 'अब क्रमिक रूपमा उपत्यका पृतनाको मुख्यालय हटाइन्छ र त्यहाँ रहेका फौजलाई अन्य पृतनामा लगिन्छ।'
सेनाले 'सधैंका लागि शान्ति र सुरक्षा' भन्ने नाराका साथ २०६० जेठ ५ गते सेनाले 'भ्याली कमान्ड अफिस' स्थापना गरेको थियो, जसको नाम सोही वर्षको पुस १५ गते परिवर्तन गरी उपत्यका पृतना राखिएको थियो। सुरुमा पृतनाको मुख्यालय सिंहदरबार रहे पनि पछि यसलाई नारायणहिटी दरबारभित्र सारिएको थियो।
सुदूरपश्चिम, मध्यपश्चिम, मध्य, उपत्यका र पूर्वी गरी सेनाको छवटा पृतना रहेका थिए। उपत्यका पृतनालाई काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला (५ सय ६५ वर्गकिलोमिटर क्षेत्र) हेर्ने जिम्मेवारी दिइएको थियो भने मकवानपुरको हेटौंडामा मुख्यालय रहेको मध्यपृतनाले काठमाडौं उपत्यका बाहेकको मध्यमाञ्चल क्षेत्रलाई हेर्ने गरेको थियो। 'दुइटा पृतना (उपत्यका र मध्य) को कार्यक्षेत्र एउटै जस्तो भयो, त्यसैले खारेज गरिएको हो,' प्रवक्ता पोखरेलले भने।
खास गरी उपत्यकाभित्रको शान्ति तथा सुरक्षा व्यवस्था हेर्ने गरी ११ वर्षअघि उपत्यका पृतना स्थापना गरिएको थियो। स्थापनाकालमा उपत्यकाको पृतनापति उपरथी किरणशमशेर थापा थिए। त्यसपछि क्रमशः उपरथी दिलीप कार्की, दीपकविक्रम राणा, कुलबहादुर खड्का, अनिलजंग थापा, दमनबहादुर घले, केशवराज महत, भिक्टर राणा, महेशविक्रम कार्की, पूर्णचन्द्र थापा पृतनापति भएका थिए। हाल उपत्यकाको पृतनापतिमा उपरथी हिमालय थापा छन्।
हाल उपत्यका पृतनाअन्तर्गत १ र २६ नम्बर बाहिनी रहेका छन् भने मध्यपृतनाअन्तर्गत ६, ७ र ९ बाहिनी छन्। एउटा बाहिनीअन्तर्गत ४ देखि ५ बटालियन फौज हुन्छन्। एउटा बाहिनीमा ४ हजारदेखि ४ हजार ५ सयसम्म फौज रहने गर्छन्। उपत्यका पृतनाअन्तर्गतका २ वटा बाहिनीमा ८ देखि ९ हजारसम्म फौज रहेका छन् भने मुख्यालयमा उपरथीसहित लगभग १ सय २५ जना छन्।
एउटा पृतनाले स्वतन्त्र रूपमा लडाइँ लड्न सक्छ भन्ने अन्तर्राष्ट्रिय सैन्य मान्यता छ। यसै अनुरूप पृतनामा हातहतियारलगायत अन्य सबै सैन्य सुविधा व्यवस्था गरिएको हुन्छ।
हालै स्वीकृत भएको सेनाको पुनर्ढांचा योजनामा सेनाको दर्जा थपघट गर्नेदेखि सैनिक संख्या घटाउनेसम्म समेटिएका छन्। प्रवक्ता पोखरेलले सरकारलाई प्रत्यक्ष रूपमा थप आर्थिक भार नपर्ने गरी पुनर्ढांचा योजना बनाइएको हो। हाल सेनाको संख्या ९६ हजार ९ सय २४ रहेको छ भने योजना कार्यान्वयन आएपछि यो संख्या ९६ हजार ६ सय १५ मा झर्नेछ। 'सैनिक संरचना पिरामिड शैलीको हुने गरी पुनर्ढांचा योजनामा दर्जा थपघट गरिएको छ,' प्रवक्ता पोखरेलले भने।
योजनामा सहायकरथीभन्दा माथिको दर्जामा थपघट नगरिने उल्लेख छ। योजनालाई ६ चरणमा कार्यान्वयनमा ल्याउने तयारी छ। सेनाको नयाँ पुनर्ढांचा योजनामा बलाधिकृत रथीपछि उपरथी स्तरको सहायक बलाधिकृत र बलाध्यक्ष रथीपछि उपरथी स्तरकै सहायक बलाध्यक्ष राख्ने व्यवस्था गरिएको छ। खारेज गरिने उपत्यका पृतनाका उपरथी र अन्य उच्च सैनिक अधिकृतलाई यिनै सहायक बलाधिकृत रथी र सहायक बलाध्यक्ष रथीको कार्यालय सारिने उल्लेख छ।
योजनाअनुसार सेनाको अधिकृत तर्फका ३ सय ८ पद (कमान्डरहरू) वृद्धि हुनेछन्। पदिक तथा अन्य दर्जातर्फ २ हजार ५ सय ३५ पद (कमान्डर) वृद्धि हुनेछन्। पुनर्ढांचामा थपघट भएका दर्जाहरू ६ चरणमा पूर्ति र कटौती गरिने उल्लेख छ।
यस्तै, पूर्व राजदरबारको स्वीकृत २६ दरबन्दीलाई पनि नयाँ योजनामा मिलान गरिने व्यवस्था गरिएको छ। पूर्वमाओवादी लडाकु समायोजनका क्रममा एकमुष्ट कटौतीमा परेका ३ हजार संख्यालाई समेत नयाँ पुनर्ढाचामा पद मिलान गरिएको छ।
सेनाले आफ्नो पुनर्ढांचा योजना एक वर्षअघि तयार पारी रक्षा मन्त्रालय पठाएको थियो। रक्षाले त्यसमा थप अध्ययन अनुसन्धान गरी मन्त्रिपरिषदमा पठाएको थियो। मन्त्रिपरिषदले आवश्यक छलफल गर्न प्रशासन समितिमा पठाएपछि केही संशोधनपश्चात सरकारले केही दिनअघि पुनर्ढांचा योजना स्वीकृत गरेको हो। 'सबै कुरा एकै पटक कार्यान्वयनमा ल्याउन सकिँदैन। नयाँ योजना कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा अहिले तीव्र छलफल भइरहेको छ,' प्रवक्ता पोखरेलले भने।