काठमाडौं- साढे दुई वर्षअघि पूर्व माओवादी लडाकुलाई समायोजन गर्न एक छनोट समिति गठन भएको थियो। समितिमा तत्कालीन लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी, तत्कालीन उपरथी दमन घले, रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालगायत थिए। यमी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु थिइन् भने घले तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङका बहिनी-ज्वाइँ।समितिमा रहेका अन्य सदस्यले प्रक्रिया नपुर्याकई लडाकु समायोजन गर्ने निर्णय लिएपछि सिटौला एक्लैले नियम–कानुनविपरीत गएर समायोजन गर्न नमिल्ने अडान लिए। प्रक्रिया पूरा नगरी समायोजन गर्नु हुन्न भन्ने अडान नछोडेपछि रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका भट्टराईले सेना समायोजन विशेष समितिमा छलफलै नगरी सिटौलालाई समितिबाट हटाएका थिए। समितिबाट सिटौलालाई हटाइए पनि पछि उनले राखेको अडानमा आधारित भएर लडाकु समायोजन भयो।
तिनै जुझारु सहसचिव सिटौलाले 'सेवामा रहन नसक्ने अवस्था रहेको' उल्लेख गर्दै शुक्रबार राजीनामा दिएका छन्। करिब डेढ महिनादेखि बिदामा बसेका रक्षा मन्त्रालयका निमित्त सचिव सिटौलाले उमेरहदका कारण अवकाश पाउनु ८ महिनाअघि शुक्रबार मुख्यसचिव लीलामणि पौडेललाई राजीनामा बुझाएका हुन्।
'नेपालको प्रशासनिक यन्त्र तहसनहस भइरहेको छ, प्रशासन क्षेत्र भागबन्डामा चल्न थाल्यो, यसैले जागिरप्रति वितृष्णा जगायो,' राजीनामापत्र मुख्यसचिवलाई बुझाएपछि सिटौलाले नागरिकसँग भने, 'प्रशासन क्षेत्रमा हामी पीडित बनेका छौं। यसकारण राष्ट्रकै चिन्तामा राजीनामा दिएँ।'
प्रशासन सेवामा 'अनुशासित एवं नियम–कानुन कडाइका साथ पालना गर्ने र गराउने' मात्र होइन, उनले प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक माथिल्लो तहबाट आउने दबाबबाट पनि 'नडग्मगाउने' र 'सत्यको पक्ष' मा उभिने सरकारी कर्मचारीको छवि बनाएका थिए। पछिल्लो सात वर्ष सहसचिवका रूपमा रक्षा मन्त्रालयमा बिताएका उनले सरकारी प्रशासन सेवाका कर्मचारीको नेतृत्व विकास गर्ने विषयमा नीतिगतरूपमै असन्तुष्टि जनाउँदै राजीनामा गरेका हुन्।
रक्षा मन्त्रालयका उच्चपदस्थ कर्मचारीका अनुसार प्रशासनिक सेवामा स्वच्छ छवि बनाएका उनले अपमानित हुनबाट जोगिन राजीनामाको बाटो रोजेका हुन्। पछिल्लो १५ महिना कामु र निमित्त रक्षासचिव भई बिताएका उनलाई सरकारले सचिव बढुवाको सिफारिसमा समेत नसमेटेपछि सेवाबाट बिदा लिएका हुन्।
'निजामती प्रशासनमा अन्योल तथा व्यावसायिकता र विशेषज्ञता बिगार्ने अभ्यास देखियो, जानी–जानी तल झरेर कसरी जागिर खाने?' सिटौलाले भने।
२०४४ सालमा निजामती प्रशासन सेवामा प्रवेश गरेका उनी सहसचिवमा बढुवा भएलगत्तै सात वर्षअघि रक्षा मन्त्रालय आएका थिए। २०७० मंसिर ३ गते तत्कालीन रक्षासचिव आत्मराम पाण्डेले अवकाश पाएपछि सिटौला पटक–पटक कामु र निमित्त रक्षासचिव रहँदै आएका थिए। पछिल्लोपटक पनि सचिव बढुवामा नपरेपछि उनी फेरि निमित्त रक्षासचिवमा झरेका थिए। जुन सरकारले सहसचिवलाई कामु जिम्मेवारी दियो, त्यही सरकारले बढुवा गर्दा उसलाई सचिव दिने अभ्यास रहेको छ।
तत्कालीन लोकसेवा आयोग अध्यक्ष कयोदेवी यमी संयोजक रहेको सचिव बढुवा सिफारिस समितिले पुस अन्तिम साता १६ सचिवका लागि ४२ सहसचिवको नाम सिफारिस गरेको थियो। त्यसलगत्तै सिटौलाले नीतिगत असन्तुष्टि जनाउँदै माघ १ गतेबाट बिदामा बसेका थिए। त्यसपछि उनी एकैपटक शुक्रबार सिंहदबार छिरेका थिए राजिनामापत्रका साथमा। 'जति काम गरें, सत्यको पक्षमा रहेर गरें,' उनले आफ्नो कामको मूल्यांकन गरे।
भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले लडाकु समायोजन गर्ने बहानामा सेनामा चार रथी रहने प्रस्ताव अघि बढाएका थिए। यो प्रस्ताव पास भएको तत्कालीन उपरथी दमनबहादुर घले रथी हुँदै प्रधानसेनापतिसम्म हुन्थे। तत्कालीन रक्षासचिव लामो बिदेश भ्रमणमा निस्केको बेला सेनाले उक्त प्रस्ताव रक्षा मन्त्रालय पठाएको थियो। निमित्त सचिवको भूमिकामा रहेका सिटौलाले सेनाको प्रस्तावलाई अघि बढ्न दिएनन्। अन्ततः घलेलाई प्रधानसेनापति बनाउने गुरुङको प्रयास विफल भयो।
त्यति मात्र होइन, भट्टराई प्रधानमन्त्री हुँदा प्रधानसेनापति गौरवसमशेर जबराले दुईवटा एमआई–१७ हेलिकप्टर रुसबाट किन्न १ अर्ब ५० करोड रुपैयाँ माग्दै रक्षामा प्रस्ताव पठाए। प्रक्रिया पूरा नगरी चोर बाटोबाट खरिद गर्न लागिएको प्रस्तावलाई सिटौलाले रोके। त्यसको केही दिनपछि रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानमन्त्री भट्टराईले रक्षाका अधिकारीलाई जानकारी नै नदिई सिधै मन्त्रिपरिषदबाट हेलिकप्टर खरिद गर्न सेनालाई तीन अर्ब रुपैयाँ दिने निर्णय गरे।
गौरव समशेर जबरा प्रधानसेनापति भएपछि नियमविपरीत उनले पठाएका अन्य प्रस्ताव पनि सिटौलाले रोकिदिएका थिए। सेनाबाट अवकाश पाइसके पनि करारमा राखिएका पूर्वउपरथी नरेश बस्नेतलाई प्रधानसेनापति बनाउने सेनाको प्रयासलाई उनैले रोकिदिएका थिए। आफूपछि बस्नेतलाई प्रधानसेनापति बनाउने सपना तुहिएपछि जबराले आफ्ना नजिकका नातेदार पवनबहादुर पाँडेलाई बनाउने प्रयास गरेका थिए। सोहीअनुसार उनले उपरथीको उमेरहद ५८ वर्षबाट बढाउने प्रस्ताव गरेका थिए। यो प्रस्ताव स्वीकृत भएको भए गएको माघमा अवकाश पाएका पाँडे प्रधानसेनापति हुने थिए तर जबराले नियमविपरीत गरेको उक्त प्रयासलाई सिटौलाले नै रोकेका थिए।
केही महिनाअघि सेनाले आफ्नो पुनःढाँचा योजना अघि बढाएको थियो, जसलाई माघ दोस्रो सातामात्र सरकारले स्वीकृत गर्योम। योजनामा रथी र उपरथी दर्जा थप्नेसम्मको प्रस्ताव समेटिएको थियो। सिटौलाको अडानका कारण रथी र उपरथी दर्जा थप्न नमिल्ने बनाइएको थियो। 'रक्षामा सात वर्ष बिताउँदा सेनाको व्यावसायिक प्रवर्द्धनका लागि काम गरें,' सिटौलाले भने।
सरकारले सही नीति अँगाल्न नसक्दा निजामती प्रशासनमा अनुभवी कर्मचारी पीडित हुनुपरेको निष्कर्ष उनको छ। कानुन सेवाको व्यक्तिलाई अन्य सेवामा सचिव बनाएर पठाउने सरकारी नीतिले गर्दा प्रशासन सेवामा रहेका अनुभवी, ज्ञाता पछि परेको उनले बताए। नीतिका कारण विभिन्न सेवाका कर्मचारीबीच विभेद भएको निष्कर्ष निस्केपछि निजामती ऐन संशोधन गर्ने प्रयास सरकारबाट भएको थियो। दोस्रो संविधानसभा निर्वाचन भएपछि निजामती ऐन चौथो संशोधन गर्ने प्रस्ताव संसदले पारित गरेको थियो। पारित गरे पनि संसद सचिवालयले संशोधन प्रतिबिनै ऐन लालमोहर लगाउन राष्ट्रपतिसमक्ष पुर्या एको थियो। संशोधनमा परराष्ट्र, कानुन र प्रशासनलाई विशिष्टीकृत सेवा बनाइएको थियो, जसमा परराष्ट्र, कानुन र प्रशासनमा अन्य सेवाबाट सहसचिव बढुवा भई सचिव हुन नपाउने उल्लेख थियो। त्यसअघि कानुन सेवाबाट सहसचिव बढुवा भई अन्य सेवा जान पाउने व्यवस्था थियो।
सचिवालयले चलाखी गरेको थाहा पाएपछि राष्ट्रपति कार्यालयले संशोधन कपी मागेको थियो। तर, सचिवालयले पुरानै ऐनलाई संशोधन गरेको दाबी गर्योए र राष्ट्रपतिले लालमोहर लगाइदिए। लालमोहर लागेपछि संशोधित ऐन बाहिर आयो तर संशोधित बुँदाविनै। त्यसपछि मात्र पुरानै ऐनमा लालमोहर लागेको बाहिर आएको थियो। चलाखी गर्नेमाथि कुनै कारबाही त के छानबिनसमेत भएन। जसले गर्दा सिटौलालगायतका सहसचिव सचिव हुनबाट बञ्चित भए। सरकारले फेरि निजामती ऐन संशोधन विधेयक छलफलका लागि राज्य व्यवस्था समितिमा लगेको छ।
'सरकारले अन्याय भयो भन्ने बुझेको छ तर समाधान गर्न खोजेको देखिएन। सात वर्ष सहसचिव भइयो, करिब डेढ वर्ष निमित्त र कामु सचिव भइयो। तर, सचिव सिफारिस हुँदा सम्भावित उम्मेदवारसमेत हुन सकिएन। कति निमित्त र कामु भएर काम गर्ने? अझ तल झरेर काम गर्नुपर्ने भयो। यसले हाम्रो चरित्रमा असर गर्दैन? कस्तो मानसिकताले हामीले काम गर्ने र लगाउने? यो हाम्रो व्यथा बुझ्ने कस्ले हो? हामी पीडित भयौं,' सिटौलाले भने।