अधुरो अभियानमा राष्ट्रपति
०८ फागुन २०७१
•
६ मिनेट पाठ
अधुरो अभियानमा राष्ट्रपति
इलाम- 'रोगले भोलि भन्दैन, चर्पी आफैं बन्दैन!'
राष्ट्रपति रामवरण यादवलाई प्रमुख अतिथि बनाई इलामलाई 'खुला दिसामुक्त जिल्ला' घोषणा गर्ने धुमधाम तयारी हुँदैछ।
करिब ३ करोड रुपैयाँ खर्चिएको उक्त अभियानको घोषणा कार्यक्रममा राष्ट्रपति ल्याउन मात्र करिब २८ लाख खर्च गरिँदैछ। अभियानअन्तर्गत जिल्लाका सबै ६३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनाइए पनि अधिकांश प्रयोगविहीन छन्।




'प्रभावहीन' कार्यक्रमका लागि यत्रो खर्च गरेर राष्ट्रप्रमुखलाई प्रमुख अतिथि बनाउनु लज्जास्पद हुने स्थानीय बताउँछन्।

सरोकारवाला मन्त्री, सचिवदेखि पूर्वाञ्चलका सबैजसो उच्च अधिकारी उपस्थित हुने सभालाई 'भव्य' बनाउन गाउँ–गाउँबाट जनसाधारण ओसार्ने तयारी छ। स्रोतका अनुसार ४३ गाविस र तीन नगरपालिका रहेको इलाममा अझै झन्डै २० प्रतिशत घरधुरीका सदस्य शौचालयबाहिरै दिसा गर्ने आँकलन छ।

पानीको अभाव, चेतनाको कमी र अव्यवस्थित बसोबासले अभियान अपेक्षाकृत सफल नभएको सरोकारवाला नै स्विकार्छन्। 'पानी र परम्परागत बानीले अभियान पूर्ण सफल भएको छैन तर अधिकतर घरमा शौचालय बनिसकेको छ,' अभियानमा जिविस स्रोतव्यक्ति राम रिमालले बिहीबार नागरिकसँग भने, 'अभियानलाई निरन्तरता नदिइए बनेका शौचालयसमेत प्रयोगमा नआई खेर जाने चुनौती उच्च छ।'

'इलामकै ऐतिहासिक दिन' भन्दै राष्ट्रपतिसमक्ष यो तथ्य लुकाएर उनलाई प्रमुख अतिथि बनाइँदैछ। कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकासमन्त्री नारायण खड्का सम्बन्धित मन्त्रालयका सचिवसहित सहभागी हुँदैछन्।

एमालेका स्थानीय नेताले 'जिल्लाका सभासदलाई बिर्सन नहुने' भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रमुख अतिथि प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले नमानेको र राष्ट्रपतिलाई ल्याउने अवस्था आएको स्रोत बताउँछ। शीतल निवासस्थित कार्यालयले राष्ट्रपतिको इलाम भ्रमण स्वीकृत गरिसकेको जिविसले जनाएको छ।

'एउटा महत्वपूर्ण अभियान सफल भएको घोषणा गर्न राष्ट्रप्रमुख आउनु गर्वको कुरा हो,' स्थानीय विकास अधिकारी तथा घोषणासभा मूल व्यवस्थापन समिति अध्यक्ष मदन कोइराला भन्छन्, 'सदरमुकाममा पहिलो भ्रमण भएकाले पनि यसको अर्थ ठूलो छ, त्यसैअनुसार तयारी भइरहेको छ।'

राजधानीबाट हेलिकप्टरमा आउने राष्ट्रपति सुरुमा धार्मिक पर्यटकीयस्थल माइपोखरी ओर्लनेछन्। संविधानसभा अध्यक्ष नेम्वाङ पनि सँगै हुनेछन्। त्यहाँ १० मिनेट बिताएर हेलिकप्टरमै गढीथुम्कास्थित सेनाको कालीध्वज गणमा ओर्लेर राष्ट्रपति यादव र अध्यक्ष नेम्वाङ टुँडिखेलमा हुने घोषणा सभामा जानेछन्।

गणपति सुवासजंग थापाको अध्यक्षतामा सुरक्षा निकाय परिचालन उपसमिति बनाइएको छ। सभामा पूर्वाञ्चलका क्षेत्रीय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वाञ्चल प्रमुख, सेनाका पृतनापतिसमेत सहभागी हुने कार्यक्रम छ।

स्रोतका अनुसार घोषणा सभाका लागि खर्च हुने रकममध्ये युनिसेफले ८, जिविसले ७, खानेपानीले ७, सिमएन आयोजनाले २ र ४ लाख रुपैयाँ जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायले बेहोर्दैछन्।

बनेका शौचालयमध्ये पानी नहुँदा १० प्रतिशत र चेतना अभावले १० प्रतिशतको सदुपयोग नभएको सरोकारवाला बताउँछन्।

राष्ट्रप्रमुखको भ्रमण हुनु खुसीको कुरा भन्दै कांग्रेस सचिव खगेन्द्र देवानले सबैजसो घरमा शौचालय बन्नुलाई उपलव्धि मान्नुपर्ने बताए। 'छुटेका घरमा क्रमशः बनाउँदै बनेकाको सदुपयोगमा ध्यान दिइनुपर्छ' उनले नागरिकलाई भने, 'अनुमगमनले निरन्तरता पाएन भने शौचालयको सदुपयोग हुँदैन।'

'राष्ट्रप्रमुख आउँदा हुने खर्चको मात्रा ठूलो हुनु स्वाभाविक हो', एमाले जिल्ला सचिव महेश बस्नेतले भने, 'शौचालयको सदुपयोग भए नभएको बुझ्न अनुगमन गरिनुपर्छ। 'एमाओवादी इन्चार्ज धीरेन्द्र शर्माले 'राष्ट्रपति आउनु गर्वको कुरा' भन्दै अभियान पूरा भइनसकेकाले निरन्तरता दिनुपर्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस