काठमाडौं- थारू कल्याणकारिणी सभाले तराईका जिल्ला पहाडमा मिसाइए आन्दोलन गर्ने चेतावनी दिएको छ। राजधानीमा भएको सभाको दुईदिने राष्ट्रिय भेलाले २० बुँदे प्रस्ताव पारित गर्दै 'थरुहट' तराईका भूमि पहाडमा मिसाउन नहुनेमा जोड दिएको छ। सभाले आत्मनिर्णयको अधिकारसहित थरुहट स्वायत्त प्रदेशको मागसमेत गरेको छ। पहाडमा बनाइने प्रदशको संख्या जति नै तराईमा पनि बनाउनुपर्ने माग सभाले गरेको छ।
सभाले तराईका थारुहरू मधेसी नभएको भन्दै मधेसी बनाउने षड्यन्त्रविरुद्ध आन्दोलन जारी राख्नुपर्ने निर्णय गरेको छ। तराईलाई अन्तरिम संविधानमा 'मधेस' भनिएकोमा विरोध गर्दै त्यसलाई तत्काल संशोधन गर्न सभाले माग गरेको छ।
त्यस्तै, सभाले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानको प्रारम्भिक मस्यौदा सहमतिबाट संविधानसभामार्फत अविलम्ब जारी गर्न माग गरेको छ। 'धर्मनिरपेक्षता, गणतन्त्र, पूर्ण समानुपातिक, समावेशी, पहिचान र संघीयतासँग सम्झौता गर्न पाइँदैन,' सभाको निर्णयमा भनिएको छ।
सभाले राज्यको सम्पूर्ण निकाय र क्षेत्रमा पूर्ण समानुपातिक सिद्धान्तका आधारमा थारु समुदायलाई समान अवसर, प्रतिनिधित्व र रोजगारी उपलब्ध गराउनुपर्ने माग गरेको छ।
सभाले भनेको छ, 'मुक्त भएको भनिएका कमैया र कमलरीलाई कृषियोग्य भूमिसहित गास, बास, कपास, सीपमूलक शिक्षा र रोजगारीको व्यवस्था गर्न राज्यसँग जोडदार माग गर्दछ र सरकारसँग भएका सहमति–सम्झौता तुरन्त लागु गरियोस्।'
थारू भाषाको उत्थान र संरक्षणका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग गर्दै सभाले लोप हुँदै गएको थारू संस्कृतिको उत्थान एवं संरक्षण गर्न राज्यले पहल गर्नुपर्ने निर्णय गरेको छ। थारू समुदायको मुख्य चाड माघी, अतवारी, जितियालगायतमा राष्ट्रिय सार्वजनिक बिदाको माग पनि गरिएको छ।
संविधानमा थारू समुदायको अधिकार सुनिश्चित गराउन सम्पूर्ण जिल्ला समिति, नगर समिति र गाउ" समितिले खबरदारी तथा जनजागरण अभियान आयोजना गर्ने पनि सभाले निर्णय गरेको छ। थारु समुदायले उठाएको मागका लागि दबाबमूलक आन्दोलन गर्दै जाने पनि सभाले जनाएको छ।
थारु कल्याणकारीणी सभाको नेतृत्वमा गरिएको अधिकारमुखी आन्दोलनका क्रममा घाइते भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र सहिदका आश्रित परिवारलाई राज्यका अन्य सहिदसरह सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै सभाले नेपाल सरकारले विगतमा गरेको सहमति सम्झौता अक्षरस कार्यान्वयनको माग गरेको छ।