काठमाडौं- स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेपछि प्रहरी र आन्दोलनकारीबीच सिमरामा झडप भएको छ। झडपका कारण १० जना प्रहरी र करिब दर्जन बढी आन्दोलनकारी घाइते भएका छन्। प्रहरीले घरघरमै पसेर आन्दोलनकारीलाई लठी प्रहार गरेको स्थानीय बासिन्दाले बताएका छन्। प्रहरी प्रमुख लोकेन्द्र मल्लले भने निषेधित क्षेत्र तोडेपछि समान्य बल प्रयोग भएको स्विकार गरे।
झडपकै क्रममा सिमरास्थित नागरिक रेडियोको कार्यालयमा पनि तोडफोड भएको छ। आन्दोलनकारी लुकाएको भन्दै प्रहरीले तोडफोड गरेको रेडियका स्टेशन म्यानेजर सुनिल गाउँलले बताए। उनका अनुसार गेट, रेडियोको बोर्ड, उफर र स्याटलाइट रिसभरमा प्रहरीले तोडफोड गरेको हो।
आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि प्रशासनले सोमबार बिहानैदेखि राजमार्ग आसपास दुई सय मिटर भित्रसम्म निषेधित क्षेत्र तोकेको छ।
आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको आन्दोलनका अगुवा कृष्ण पौडेलले बताए।
मालपोत, नापी र भूमिसुधार कार्यालयको शाखा विस्तार माग गर्दै सिमराबासी विगत ९ दिनदेखि आन्दोलनरत छन्।