काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले माघ १७ गते संविधानसभा बहिष्कार गर्ने एमाओवादीलाई दश अर्ब रुपैयाँ दिने हो भने बाहिर उफ्रन छाडेर संविानसभामा आउने अभिव्यक्ति दिए। त्यसको तीन दिनपछि बसेको ३० दलीय गठबन्धनको बैठकले ओलीको स्वास्थ्यस्थिति जाँच गर्न आधिकारिक रुपमै माग गर्ने निर्णय गर्यो।
ओलीले एमाओवादी बारे १० अर्ब रुपैयाँको तथ्यांक किन पेश गरे भन्ने कुरा कसैले सुझाएको छैन। तर अनुसन्धानले एमाओवादीसँग १० अर्ब रुपैयाँको साइनो स्पष्ट देखिएको छ ।
सरकारले दश वर्ष सशस्त्र द्वन्द्वबाट पीडितलाई राहत तथा क्षतिपूर्ति दिन ०६४ सालमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तर्गत 'द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल' गठन गरेको थियो । सो कार्यदलले द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारको संख्या १८ हजार ८ सय ७१ रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। ती मध्ये १४ हजार ३ सय ९८ जनाले मात्र अहिलेसम्म राहत दिन आएका छन्। बाँकी पाँच हजार ३१ जना अहिलेसम्म पनि राहतको लागि आएका छैनन्। १४ हजार ३ सय ९८ जना मध्ये कतिले १ लाख र कतिपयले तीन लाख रकम लगिसकेका छन्। सरकारले उनीहरुलाई विस्तारै दश लाखसम्म क्षतिपूर्ति दिने बताएको छ।
अबरुद्ध संसद सुचारु गर्ने विषयमा तीन १४ हजार ३ सय ९८ जनालाई राहत स्वरुप दुई लाख रुपैंया उपलब्ध गराउने सहमति भएको थियो। सो सहमति अनुसार उक्त १४ हजार ३ सय ९८ जनाले प्रतिव्यक्ति दुई लाख पाउँदा दुई अर्ब ८७ करोड ९ लाख हुन्छ। त्यही रकमलाई ओलीले तीन अर्ब भनेको निकट स्रोतले बतायो। रकम दिने सहमति गरेपनि उक्त रकम अहिलेसम्म निकासा भने भइसकेको छैन। उक्त रकम निकासा गर्न अहिले शान्ति तथा पुननिर्माण मन्त्रालयले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। सो फाइल अहिले अर्थ मन्त्रालयमा रहेको स्रोतले बतायो।
त्यही भएर एमाओवादीसहितका विपक्षी दलले सहमति गर्ने तर, कार्यान्वयन गर्ने भनेर सरकारको आलोचना गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सहमति जनाइसकेका कारण यो रकम निकासा हुने क्रममा छ।
वर्तमान सरकारमा उक्त रकम निकास गर्ने नगर्ने विषयमा विवाद छ। स्रोतका अनुसार कांग्रेस सो रकम दिन नहुने पक्षमा छ भने एमाले सहमति गरिसकेको हुनाले सो रकम दिनुपर्ने पक्षमा रहेको छ । त्यसमा पनि एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै तीन अर्बले संसद खुल्यो भन्ने अभिव्यक्ति दिइसकेकाले सो रकम अविलम्व निकासा गर्नुपर्नेमा एमालेले जोड दिँदै आएको छ ।
२०७१ जेठमा प्रमुख प्रतिपक्ष एकीकृत माओवादीसहितका विपक्षी दलले लगातार व्यवस्थापिका संसद अबरुद्ध पारेपछि प्रमुख तीन दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच पाँच बुँदे सहमति भएको थियो । त्यसको चार नम्बर हुँदामा सहिद परिवारलाई दुई लाख रुपैंयाँ राहत रकम उपलब्ध गराउने र सो रकम दुई किस्ता गरेर दिने उल्लेख छ ।
ओलीले विगतमा तीन अर्बमा संसद सुचारु भएको घटनालाई दृष्टान्त दिँदै अहिले पनि दश अर्ब दिए संविधानसभा बाहिरको उफ्राइ बन्द हुने टिप्पणी गरेका थिए। एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले १९८ बुँदे श्वेतपत्र जारी गरेको थियो। सो श्वेतपत्रको एउटा बुँदामा मृतक तथा बेपत्तालाई सहिद सरह १० लाख दिने भन्ने थियो। सो निर्णय अद्यावधिक कायमै छ।
जसअनुसार १४ हजार ३ सय ९८ जनालाई दश लाखको दरले पैसा वितरण गर्ने हो भने त्यो रकम १४ अर्ब ३९ करोड हुन्छ, जुन ओलीले भनेभन्दा बढी हो। तर, सो पैसा निकासा हुने नहुने विषयमा भने अझै अन्यौल छ। प्रधानमन्त्री सुशील कोइराला राजनीतिक सहमति हुन्छ र संविधान जारी हुन सहयोग पुग्छ भने एमाओवादीलाई रकम निकासा गर्ने पक्षमा रहेको स्रोतले बतायो। आफ्नै पार्टीका बरिष्ठ नेताहरु र सत्ता साझेदार एमाले समेत रकम निकासाको विपक्षमा उभिएपछि प्रधानमन्त्री चुप लागेको स्रोतले बतायो।
रामेछापका द्वन्द्वपीडित ज्ञानेन्द्र आरन र ओखलढुंगाकी मृतककी श्रीमती जमुना रोका केही दिन अगाडि कांग्रेस उपसभापति रामचन्द्र पौडेलको निकास बोहोराटारमा पुगेका थिए। उनीहरु कांग्रेस कार्यकर्ता पनि हुन्। सरकारले दिने भनेको क्षतिपूर्ति दिलाई दिन आग्रह गरेका उनीहरुलाई उपसभापति पौडेलले 'मागेर खान' बन्द गर्न आग्रह गर्दै सो रकम निकासा हुन नदिने बताएका थिए। पौडेलले सो रकम निकासा भए अधिकांश माओवादी कार्यकर्ताले लैजाने उनले बताएका थिए। कांग्रेस–एमाले उक्त रकम कुनै पनि हालतमा निकासा हुन नदिने पक्षमा छन्।

२ अर्ब ८६ करोड

अाेलीकाे हिसाव