इलाम— राष्ट्रपति रामवरण यादवको पूर्व निर्धारित इलाम भ्रमण कार्यक्रम रद्द भएको छ। फागुन १४ गते सदरमुकामस्थित टुँडिखेलमा इलामलाई 'खुला दिसामुक्त' घोषणा गर्ने कार्यक्रममा राष्ट्र प्रमुखको उपस्थिति नहुने निश्चित भएको हो। राष्ट्रपतिको स्वागतका लागि धेरैजसो तयारी पूरा भइसकेको बेला सोमबार भ्रमण रद्द भएको हो।
राष्ट्र प्रमुखसँगै आउने भनिएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि कार्यक्रममा सहभागी नहुने भएका छन्। राष्ट्रिय ढुकुटी अपव्यय गरी विशिष्ट व्यक्तिहरु कम महत्वका कार्यक्रममा सहभागी भएको आवाज उठेको सन्दर्भमा राष्ट्रपतिको भ्रमण रद्द भएको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले 'राष्ट्र प्रमुखको इलाम भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम स्थगित भएको' नागरिकन्युजलाई जानकारी दिए। झण्डै २८ लाख रुपैयाँ खर्च गर्ने गरी तय भएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुग्नै लाग्दा राष्ट्रपतिको भ्रमण रोकिएको हो।
नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने अभियानअन्तर्गत इलामलाई खुला दिसामुक्त घोषणा गर्न राष्ट्रपति आउने कार्यक्रम तय भएको थियो। तर, अभियान पूरा भइनसकेको र त्यसमा राष्ट्र प्रमुखको सहभागिता नसुहाउने चर्चा बढेपछि भ्रमण रद्द भएको हो।
करिब तीन करोड रुपैयाँ खर्चेर जिल्लाका सबै अर्थात् ६३ हजार ६ सय ४९ घरमा शौचालय बनाइएको भन्दै जिल्ला विकास समितिसहित विभिन्न सरोकारवाला निकायले आगामी बिहिवार एक समारोहमाझ इलामलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखेका थिए।
इलाममै पूर्णता नपाइसकेको यो देशव्यापी अभियानमा प्रमुख अतिथि बनाएर राष्ट्र प्रमुखको दुरुपयोग गर्न खोजिएको समाचार सार्वजनिक भएपछि घोषणा सभाको दुई दिनअघि राष्ट्रपतिको भ्रमण रद्द भएको हो। राष्ट्रपतिको स्वागतका लागि धेरैजसो तयारी पूरा भइसकेको थियो ।
स्थानीय विकास अधिकारी मदन कोइरालाको अध्यक्षतामा गठित घोषणा सभा मूल समारोह समितिले शहरी विकास मन्त्री नारायण खड्कालाई प्रमुख अतिथि बनाएर इलामलाई 'खुला दिसामुक्त' घोषणा गर्ने नया" कार्यक्रम तय भएको छ ।