काठमाडौं–रिक्त संवैधानिक निकायमा पदपुर्ति गर्ने विषयमा सहमति जुट्न नसक्दा संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ। मंगलबार बसेको परिषदको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले तत्कालै लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न प्रस्ताव गरेका थिए। प्रधानमन्त्री सुशील कोइरालाको प्रस्तावमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले सबै निकायमा प्याकेजमै सहमति गर्नुपर्ने प्रस्ताव गरेको थियो।प्रधानमन्त्रीले तत्काल लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने र बाँकी निकायमा क्रमश गर्दै जाने प्रस्ताव गरेको परिषद सदस्य एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालले जानकारी दिए। 'प्रधानमन्त्रीले लोकसेवा आयोगमा आजै पदाधिकारी नियुक्त गर्न प्रस्ताव गर्नुभयो । हामीले सबै निकायमा प्याकेजमै सहमति गर्नुपर्ने प्रस्ताव राख्यौं,' बैठकपछि संचारकर्मीसँग कुरा गर्दै दाहालले भने,' लोकसेवामा मात्र नियुक्ति गर्ने हो भने अहिलेकै पदाधिकारीलाई निरन्तरता दिन प्रस्ताव गरेका छौं ।'
तर ,दाहालको प्र्रस्तावलाई परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले अस्विकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो । स्रोतका अनुसार लोकसेवा आयोगको अध्यक्षमा प्रधानमन्त्रीले पुर्व गृहसचिव उमेश मैनालीलाई नियुक्ती गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको प्रस्तावप्रति अर्को सत्तारुढ घटक एमालेले सैद्धान्तिक सहमति जनाएको छ ।
एमाओवादी कोटाबाट अध्यक्ष बनेकी बर्तमान अध्यक्ष कयोदेवी यमीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा दाहाल उभिएपछि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो। यमी एमाओवादी नेता बाबुराम भट्टराईकी जेठिसासू हुन्।
पाँच पदाधिकारी हुनुपर्ने लोकसेवामा अध्यक्षसहित दुई पदाधिकारीको पदावधीसमेत सकिएको छ। परिषदको सिफारिपछि सिफारिसपछि संसदीय सुनुवाइलगायतको प्रक्रिया पुरा गर्दा १५ दिन भन्दा बढी समय लाग्ने भएकाले प्रधानमन्त्रीले बैठकको एजेन्डामा लोकसेवा आयोगसहितका संवैधानिक पदाधिकारी नियुक्तिको एजेण्डा बैठकमा राखेका थिए ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने कानुनमा स्पष्ट संख्या नतोकिए पनि प्रचलित अनुसार प्रमुख आयुक्त र चार आयुक्त नियुक्त गर्ने चलन छ । अख्तियारमा प्रमुख आयुक्त र एक आयुक्तको मात्रै नियुक्ति भएको छ। बा"की तीन आयुक्त को पद खाली छ। निर्वाचन आयोगका आयुक्त रामभक्त पिबी ठाकुर उमेर हदका कारण अवकाश पाएकाले निर्वाचन आयोगमा एक आयुक्त पद रिक्त छ । परिषदको अर्को बैठक बिहीबार बस्ने छ ।