काठमाडौं—एकीकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाले फागुन १६ गते २ लाख सर्बसाधारण राजधानी उतार्नका लागि प्रचार प्रसार तीब्र बनाएको छ। संविधान निमार्णको हकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दल बहुमतीय प्रक्रिया अनुसार अघि बढेको भन्दै असन्तुष्ट दलहरुले मंगलबारमा लाठी जुलुस प्रर्दशन गरेको छ।
राजधानीमा विरोध प्रदर्शनको तयारीका एकीकृत माओवादीको भातृ संगठन वाइसिएलले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। १६ गते गर्न लागेको आमसभाको तयारीकै क्रममा लाठी सहित मार्च पास गरेको हो। एमाओवादी नेता जनार्दन शर्मा, हिसिला यमी, गंगा श्रेष्ठ लगायतका नेताहरुले मार्चपासको नेतृत्व गरेका थिए। रातो टोपि र लाठी सहितका युवाले प्रदर्शन गरेका थिए।

स्वयसेवक परिचालन समितिका मध्यकमाण्ड संयोजक गंगा श्रेष्ठले १६ गतेको कार्यक्रमको लागि काठमाडौं केन्द्रीत प्रदर्शन भएको बताए। उनले आजको प्रदर्शन रोलकल मुलक मार्चपास भएको जानकारी दिए। १६ गतेको कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा युवा मार्चमा निर्देशन दिइएको श्रेष्ठले बताए। मार्चापास भृकुटिमण्डप बाट सुरु भएर शहिदगेट, रत्नपार्क, पुतलिसडक हुँदै पुन: भृकुटिमण्डपमा आएर सकिएको थियो।

तस्बिरहरु: दिपेश श्रेष्ठ/ केशव थोकर