२ लाख कार्यकर्ता उतार्ने कस्तो छ एमाओवादी योजना?
१३ फागुन २०७१
•
६ मिनेट पाठ
२ लाख कार्यकर्ता उतार्ने कस्तो छ एमाओवादी योजना?
काठमाडौं- एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गते काठमाडौंमा हुने आमसभामा २ लाख मानिस उतार्ने योजना बनाएको छ। मोर्चाले त्यसको लागि देश भरबाट कार्यकर्ता राजधानी ल्याउने तयारी समेत गरेको छ।'सबै जिल्लाबाट प्रतिनिधिमुलक सहभागिता हुन्छ' एमाओवादीका पोलिटव्युरो सदस्य तथा स्वयमसेवक परिचालन समितिका संयोजक गंगा श्रेष्ठले भने, '२ लाख जनसमुदाय उतार्न र व्यवस्थित प्रदर्शनको लागि अन्तिम तयारीमा छौं'

संविधान निमार्णमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दल विगतका सहमति तोड्दै बहुमतीय प्रक्रियामा अघि बढेको भन्दै ३० दलीय मोर्चाले शनिबार दवाव मुलक सभा गर्न लागेको हो। उसले त्यसको तयारीकै क्रममा मंगलबार रोलकल मुलक लाठी जुलुस प्रर्दशन गरेको थियो।

१० हजार वाइसिएल परिचालन गर्ने

कार्यक्रम व्यवस्थित र शान्तपूर्ण बनाउने भन्दै १० हजार वाइसिएल परिचालन गर्ने भएको छ। वाइसिएलका अध्यक्ष गणेशमान पुनका अनुसार १० हजार वाइसिएल र उनिहरुको लागि १० हजार सहयोगी स्वयमसेवक परिचालन गरिने छ। कार्यक्रममा खटिने वाइसिएललाई रोलकल मुलक प्रशिक्षण दिइसकिएको पुनले बताए। 'कार्यक्रमलाई शान्तिपूर्ण बनाउने बारे उनिहरुलाई आवस्यक निर्देशन दिइसकिएको छ' पुनले भने, 'सभाको बीच बीचमा जनसमुदाय र अघिल्लो घेरमा उनिहरु परिचालन हुन्छन्'। सभामा आएकाहरुलाई उत्तेजित हुन नदिन वाइसिएलले भूमिका खेल्ने पुनले बताए। बाह्य हुनसक्ने सम्भावित घुसपैठ रोक्ने उनिहरुको अर्को काम हुने पुनले जानकारी दिए।

राजधानीका विभिन्न स्थानबाट नारा जुलुस गर्दै कार्यक्रममा सहभागि हुन ३० दलका कार्यकर्ता खुला मञ्च आउने छन्। कार्यक्रममा सहभागिताको लागि देश भरिबाटै कार्यकर्ता ल्याउने मोर्चाको तयारी छ। तर काठमाडौं उपत्यका र ताम्सिलिङ क्षेत्रबाट सहभागिता बढाउने तयारी रहेको श्रेष्ठले बताए। देशभरबाट प्रतिनिधिमुलक सहभागिता रहने उनको भनाई थियो।

एमाओवादी सहित ३० दलीय मोर्चाको कार्यक्रम भए पनि मानिस जम्मा पार्ने मुख्य जिम्मा एमाओवादीको भएको एक नेताले बताए। उनले भने 'मोर्चाका सबै पार्टीको कार्यकर्ता ल्याउन सक्ने हैसियत छैन त्यसैले माओवादीले नै उतार्नु पर्छ।'

उनका अनुसार एमाओवादीले आफ्ना राज्य समितिलाई १० हजार मानिसल उतार्ने सम्मको कोटा छुट्याएको छ। राज्य समितिले जिल्ला समितिलाई त्यहि अनुसार कार्यकर्ता ल्याउन कोटानै छुट्याएको उनले बताए। राजधानीमा कार्यकर्ता उतार्न मधेसी दलका नेता अहिले जिल्लामा व्यस्त छन्। तमलोपाले सिराहाबाट १५ गाडी कार्यकर्ता ल्याउने तयारी गरेको नेता सुरेश मण्डलले जानकारी दिए। एमाओवादीपछि बढी मानिस राजधानी उतार्ने जिम्मा मधेसी दलकै भागमा परेको छ।

आन्दोलनका लागि १ जना सभासद बरावर २० हजारका दरले उठाउने मोर्चाले निर्णय गरेको थियो। मोर्चमा १ सय ४५ सभासद रहेका छन्। २० हजारका दरले उठाउँदा उनिहरुबाट २९ लाख प्राप्त हुन्छ। सभासदबाट प्राप्‍त हुने रकम मोर्चाले १६ गतेको सभाको तयारिको लागि खर्च गरेको एक सभासदले बताए।

३० दलीय मोर्चालाई सरकारको चेतावनी

सरकारले एमाओवादीले मंगलबार प्रदर्शन गरेको लाठी जुलुसप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ। गृहमन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गरी लाठी जुलुसबाट प्रत्यक्ष रुपमा जनजीवन आतंकित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। 'एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले १२ गते काठमाडौंमा निकालेको जुलुसमा लाठीको प्रयोग भएको देखिएको छ,' विज्ञप्तीमा भनिएको छ,'सो कार्यबाट प्रत्यक्ष रुपमा जनजीवन आतंकित भएको विषयप्रति मन्त्रालयको गंभिर ध्यानाकर्षण भएको छ।'

मन्त्रालयले जनप्रदर्शनको नाममा कानुन हातमा लिइ जनजीवन आतंकित पार्ने गैर कानुनी काम नगर्न अपिल गरेको छ। गैर कानुनी काम क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने मन्त्रालयले चेतानवी दिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस