१६ गते खबरदारी सभा मात्र : भट्टराई
१४ फागुन २०७१
•
६ मिनेट पाठ
१६ गते खबरदारी सभा मात्र : भट्टराई
काठमाडौं– माघ ११ गते संविधानसभा प्रक्रियामा प्रवेश गरेपछि दलहरुबीच टुटेको सम्बन्ध एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा 'खबरदारी सभा' गरेपछि जोडिने भएको छ । पानी बारबारको स्थितिमा रहेका दलहरुबीच मोर्चाले राजधानीमा आयोजना गर्ने सभापछि औपचारिक छलफल हुन सक्ने एमाओवादी नेता बाबुराम भट्टराईले बताए। 




बिहीबार राजधानीमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने,'हामीले १६ गते राजधानीमा गर्ने 'खबरदारी सभा' मात्र हो । यो निर्णायक होइन । लोकतन्त्रमा यस्ता कार्यक्रम निरन्तर हुन्छन् । यो निर्णायक होइन ।' १६ गते पछि दलहरुबीच संवाद र सहमति हुने उनको भनाइ थियो ।

१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको भावना अनुसार कांग्रेस एमाले सहमतिबाट पछि हटेकाले जनताकाबीचमा जानु परेको उनले बताए । 'हामीले सबै दलबीच सहमति बन्नुपर्छ भनेका छैनौं,' उनले भने,'कम्तिमा पनि शान्ति प्रक्रियाका हस्ताक्षर दलबीच त मुख्य विषयमा सहमति बन्नुपर्यो नि ?' उनले चित्रबहादुर केसी र कमल थापाका एजेण्डा सम्बोधन हुन आवश्यक नरहेको तर्क गरे ।

उनले संधिवान जारी नगरेसम्म दलहरुबीच सहमतिको विकल्प नभएको तर्क गर्दै कार्यक्रममा अन्तरिम संविधानको पढेरै सुनाएका थिए । '१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको भावना अनुसार सहमतिबाटै संविधान जारी गर्नुपर्छ,' उनले भने,'शान्ति प्रक्रियाका प्रमुख दलबीचको सहमति विना जारी हुने संधिवान स्थायी हुँदैन । त्यसले नयाँ द्वन्द्वको बिउ मात्र रोप्छ ।'

समस्याको जड


भट्टराईले बर्तमान समस्याको जड प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली रहेको आरोप लगाए । उनले एमाओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे सहमतिको बेला कोइराला र ओली निर्णयक तहमा नभएको तर अहिले कार्यान्वयन गर्ने बेलामा उनीहरु निर्णायक तहमा भएकाले समस्या उत्पन्न भएको उनले बताए । 'ठेला गाडा चढेर अमेरिका पुगिँदैन भने अभिव्यक्ति केपी ओलीले त्यसबेला दिनुहुन्थ्यो,' भट्टराईले भने,'अहिले ठेला गाडा चढेर अमेरिका पुगिएको छ । तर त्यसको मर्म बुझ्ने मानिस नेतृत्वमा छैनन । जसका कारण अहिलेको समस्या भएको हो ।' भट्टराईले अहिले मतादेश र जनादेश बाँझिएको उल्लेख गर्दै क्रान्तिकारी परिवर्तन प्रमुख भएको र संविधानसभा कर्मकाण्ड मात्र भएको टिप्पणी गरे । क्रान्तिकारी परिवर्तन पटक पटक नहुने भन्दै उनले परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य चुनौति रहेको बताए।


'संविधानसभाको बाँधमा बम विष्फोट'


भट्टराइले माघ ११ गते बाँधरुपी संविधानसभामा बम विष्फोट भएर चिरा परेको र त्यसलाई विष्फोट हुन नदिन आफूहरु लागि परेको बताए । 'हामीले जे नहोस भनेका थियौं ११ गते त्यही भयो,' उनले भने,'माघ ११ गते संविधानसभारुपी बाँधमा बम विष्फोटले चिरा परेको छ । त्यसलाई फुट्न नदिन हामी लागि परेका छौं ।' शान्ति प्रक्रियालाई बचाउन खबरदारी सभा गर्नुपरेको उनको भनाइ थियो ।

'राष्ट्रपति, अदालत सभामुख बाधक'


पहिलो संविधानसभाबाट संविधान जारी हुन नसक्नुको कारण पेश गर्दै भट्टराईले आफूहरुलाई घेराबन्दीमा पारेको दाबी गरे । 'हामीसँग बहुमत पनि थियो,' उनले भने,'आफ्नै नेतृत्वमा सरकारपनि थियो। तर हामीलाई घेराबन्दीमा पारेर केही गर्न दिइएन ।' बहुमतबाट संविधान जारी गर्दा राष्ट्रपतिले नमान्ने, बैठक बोलाउन सभामुख तयार नहुने अनि अदालतले त मिति नै तोकिदिएको उल्लेख गर्दै उनले राष्ट्रपति, अदालत र सभामुख बाधक भएको दाबी गरे।

'अहिले परिस्थिति फेरिएको कांग्रेस एमालेलाई लागेको हुनसक्नछ,' उनले भने ,' किनभने राष्ट्रपति, सभामुख र अदालत पनि उहाँहरुकै पक्षमा छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस