'सङ्कट समाधानका लागि ३ दल बैठक'
दाङ, मङ्सिर २२- एमाले अध्यक्ष झलनाथ खनालले दुई–चार दिनभित्रै राजनीतिक सङ्कटको निकास निस्कने बताएका छन्।
प्रेस चौतारी, दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष खनालले राजनीतिक सङ्कट सहमति, छलफल र संवादबाटै समाधान हुने भएकाले अहिलेको बैठक निर्णायक बनाउनुपर्नेमा जोड दिए।
सङ्कट निवारणका लागि दलीय इच्छाशक्तिको आवश्यकता औँल्याउँदै राजधानीमा सुरु हुन लागिरहेको तीन दलको बैठक सकारात्मक हुने र बैठकबाटै सङ्कटको निकास निकाल्नका लागि दलहरु जिम्मेबार बन्नुपर्ने उनको भनाइ थियो।
राजनीतिक निकास छिट्टै निस्कने विश्वास व्यक्त गर्दै अध्यक्ष खनालले मुख्य तीन दलबीच राजनीतिक सहमति हुनुको विकल्प नभएको धारणा पनि राखे।
सङ्कट समाधानकै लागि तीन दलको बैठक सुरु भएको जानकारी दिँदै उनले दलहरुको बैठक निष्कर्षमा पुग्ने दाबी गरे।
कैलाली घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्ने काम सबैको भएको र यसलाई उछालेर कसैले पनि राजनीति गर्न नहुने अध्यक्ष खनालले बताए।
नेकपा एमालेभित्र कुनै विवाद नभएको र जो कोही व्यक्तिले पनि आफ्नो धारणा राख्न पाउने उल्लेख गर्दै उनले व्यक्तिगत कुरालाई पार्टीको विवादसँग दाँज्न मिल्दैन भने।
पोलिटब्युरो बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित हुने विश्वास व्यक्त गर्दै अध्यक्ष खनालले एमाले एक ढिक्का भएर अघि बढिरहेको दाबीसमेत गरे। रासस