काठमाडौं–उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राजधानीको बसन्तपुरमा दिन दहाडै युवतीमाथि एसिड प्रहार गर्ने अपराधीको नजिक प्रहरी पुगेको दाबी गरेका छन्। सोमबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री गौतमले प्रहरी अपराधीको नजिकै पुगिसकेकाले छिट्टै अपराधी पक्राउ पर्ने बताए।
'प्रहरी अपराधीको ९० प्रतिशत नजिक पुगेको छ,' गौतमले भने,'अब केही दिनमा नै अपराधी पक्राउ पर्नेछन्। ' अनुसन्धानमा परिवार र पीडित युवतीले सहयोग नगरेको गौतमले गुनासो गरे ।
गौतमले पीडितको कसैसँग रिसइवी नभएको र कसैमाथि शंका नगरेकाले गृह प्रशासनलाई असहयोग भएको बताए। राजधानीमा एक ट्युसन सेन्टरमा केही दिन अगाडि दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो। आक्रमणकारीलाई सरकारले अहिलेसम्म पनि पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
बैठकमा सभासदले मुलुकको शान्ति सुरक्षाको स्थिति नाजुक भएको भन्दै सरकारको आलोचना गरेका थिए ।