काठमाडौं– भारत भ्रमणमा रहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा नयाँ दिल्लीका नव निर्वाचित मुख्मयन्त्री अरविन्द केजरीवालसँग भेटवार्ता गरेका छन्। मंगलबार १ बजे राष्ट्रपति भवनमा राष्ट्रपतिसँग र ३ बजे नयाँ दिल्ली स्थित आाम आदमी पार्टीको मुख्यालयमा केजरीवालसँग भेटवार्ता गरेका हुन्।
भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गरेका थिए। भट्टराईले सहमतिकै आधारमा निर्माण हुने जवाफ दिएका थिए। राष्ट्रपति मुखर्जी १२ बुँदे सहमति गराउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।
राष्ट्रपति भेटे लगत्तै भट्टराई आम आदमी पार्टीको मुख्यालय पुगेर नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेटवार्ता गरे। दुवै नेताहरुबीच नयाँ शक्तिको विचार बारे छलफल भएको थियो। जनतासँग जोडिँदा परम्परागत तरिकाबाट नभइ जनताका समस्या साथमा लिएर जोडिनुपर्नेमा दुवै नेताक विचार मिलेको थियो।
भ्रस्ट्राचार निवारण, जनजीविका र विकास र सम्वृद्धिले मात्र लोकतन्त्र बलियो हुने केजरीवालले बताएका थिए। करिब ४५ मिनेट भएको वार्तामा भट्टराईले राजनीतिमा इमान्दारिता आजको आवश्यकता भएको उल्लेख गरेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नयाँ शक्तिबारे नेपालमा वहस चलाइरहेका छन्।
भारतीय राजनीतिमा नयाँ शक्तिको रुपमा उदाएको केजरीवल नेतृत्वको आम आदमी पार्टीले हालै सम्पन्न दिल्ली विधानसभा निर्वाचनमा ७० मध्ये ६३ सिट जितेको थियो।