काठमाडौं-नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले विवाहको नकावमा लाखौं रुपैयाँ उठाई युवतीलाई चीन र दक्षिण कोरिया पठाउने गिरोहलाई जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको सहयोग रहेको जनाएको छ। यही आशंकामा ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भेटिएका केही शंकास्पद कागजातको अनुसन्धान भईरहेको छ।
'जिल्ला प्रशासन कार्यालयमा नेपाली युवती र विदेशी पुरुष (चिनियाँ र कोरियन)बीच कोर्ट म्यारिज भएको केही शंकास्पद कागजात भेटिएको छ,' केन्द्रिय अनुसन्धान व्युरोका निर्देशक डिआईजी हेमन्त मल्लले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए, 'धेरै शंकास्पद कागजात जफत गरि ल्याएका छौं, अनुसन्धान भइरहेको छ।'
विवाह गर्ने युवतीहरुले सोधपुछका क्रममा विवाह दर्तागर्दा १० हजार रुपैयाँसम्म दिएको बताएपछि ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयका यस्ता कागजात जफत गरिएको थियो। कागजातमा नेपाली युवती र चिनियाँ तथा कोरियन पुरुष बीच भएको कोट म्यारिजमा साक्षी बस्नेहरु प्राय एउटै व्यत्तिहरु देखिएको छ। त्यति मात्र होइन विवाह गर्ने युवती र पुरुषको उमेर ३० वर्षसम्म फरक परेको भेटिएको छ। नागरिकतामा भएको उमेर भन्दा बढाएर विवाह दर्ता गरिएको समेत भेटिएको छ।
'१७ वर्षे किशोरीको उमेर २२ वर्ष बनाइएको पाईएको छ। विवाह गर्ने नेपाली युवती र चिनियाँ तथा कोरियन पुरुषबीच २० देखि ३० वर्षसम्मको उमेर फरक देखिन्छ,' निर्देशक मल्लले भने।
नेपालबाट चीन र कोरियामा हुने मानव तस्करीको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपाली युवतीलाई चिनियाँ तथा कोरिएन पुरुषले १५ देखि २० लाख रुपैयाँसम्म खर्ची खरिद गर्ने गरेको जनाए। यस्ता युवती र पुरुषले कोर्ट म्यारिज (विवाह गर्ने)को दिनमात्र एकअर्कालाई देख्ने गर्छन् भने एकअर्काको भाषा नबुझ्ने हुँदा उनीहरुबीच कुनै कुराकानी हुँदैन।
'चिनियाँ तथा कोरियन पुरुषसँग विवाह गरेर बसेका धेरै नेपाली युवतीलाई आफ्नै पतिको नाम याद छैन। सोधपुछमा उनीहरुले २८ वर्षको भनि गिरोहले ४८ वर्षको पुरुषसँग विवाह समेत गराएको बताएका छन्,' निर्देशक मल्लले भने, 'यसरी चिनियाँ तथा कोरियन पुरुषसँग विवाह गर्ने नेपालीको युवतीको संख्या सयौं छ।'
निर्देशक मल्लले अहिलेसम्म यसरी विवाह गरी चीन पुगेर बलतल्ल भागेर नेपाल फर्कन सफल एक जना र विवाह गरी चीन र कोरिया जान ठिक्क परेका ५ गरी कूल ६ जना युवतीको उद्धार सिर्आबीले गरेको जनाए। अनुसन्धानका क्रममा फागुन १८ गते चुनदेवीस्थित छेरु इन्टरनेशनल म्यारिज ब्यूरो प्रा.ली. मा छापामारी गिरोहा सक्रिय तीन जनालाई पक्राउ गरिएको उनले बताए।
पत्राउ पर्नेमा छेरु इन्टरनेशनलकी संचालिका छेरु शेर्पा (पासाङ शेर्पा), विपिन नगरकोटी र कोरियन नागरिक पार्क हि चाङ रहेका छन्। निर्देशक मल्लका अनुसार विपिनले युवतीहरु खोज्न, पार्कले कोरियन पुरुष खोज्ने र छेरुले दवै थरीको भेट गराई विवाह गराउने गरेका छन्। चिनियाँ युवक नेपाल ल्याउने दलाललाई भने सिआईबीले पक्रन सकेको छैन।
छेरु इन्टरनेशनलमा छापा मार्दा चीन र कोरिया युवती तस्कर गर्ने गरेको प्रमाण भेटिएको जनाउँदै उनले संचालिका ५३ वर्षिय छेरुले आरोप स्विकारी सकेको बताए। पक्राउ परेका तीनै जनामाथि अहिले मानव बेचवेखिन तथा ओसारपसार र सांगठनिक अपराध अर्न्तगत मुद्दा दायर गरिएको छ। पक्राउ परेका ६१ वर्षीय कोरियन दलाल पार्क पटक पटक टुरिष्ट भिषामा नेपाल आउने गरेको भेटिएको उनले जानकारी दिए। नौ महिना अघि दर्ता भएको छेरु इन्टरनेशनलले दर्ता हुनु अगावै देखि नेपाली युवतीलाई चीन र कोरिया पठाउने गरेको उनले बताए।
'छेरु इन्टरनेशनलले कार्यालयलाई होटेल जस्तो बनाएर युवतीलाई राख्ने गरेको रहेछ। विवाह गरेपछि चीन र कोरिया नपठाइन्जेल युवतीहरुलाई त्यहीं राख्ने गरेको पाईयो,' निर्देशक मल्लले भने, 'प्राय मंगोलियन जातीका युवतीलाई उनीहरुले चिनियाँ र कोरियन पुरुषसँग विवाह गराउने गरेका छन्।'
प्रारम्भिक अनुसन्धानमा विवाह गरे लगेका युवतीलाई शारिरीक, मानसिक यातना तथा शारिरीक शोषण गर्ने गरेको खुलेको छ। 'चीन र कोरिया जानलाई मात्र झुठो विवाह गर्ने हो। त्यहाँ पुगेपछि केटोसँग बस्नु पर्दैन। पुग्ने वित्तिकै एक लाखसम्मको जागिर लगाईदिने सम्मको प्रलोभन देखाई नेपाली युवतीको विवाह चिनियाँ र कोरियन पुरुषसँग गराउने रहेछन्,' निर्देशक मल्लले भने।
यसरी चिनियाँ तथा कोरियन पुरुषसँग विवाह गर्ने युवतीले आफ्नो परिवारलाई समेत ढाट्ने गरेको पाइएको छ। परिवार, आफन्तलाई जागिर खान जाने भन्दै उनीहरु विवाह गरी चिन र कोरया जाने गरेको उनले बताए। 'यहाँ चिनियाँ र कोरियन पुरुषसँग विवाह दर्ता गरिसकेका छन् तर आफ्नो बाबु–आमा, दाजु–भाई, दिदी बहिनीलाई भने जानकारी नै दिएका छैनन्,' उनले भने।
निर्देशक मल्लका अनुसार विवाहको नाममा मानव तस्करी गर्न अहिले को को सक्रिय छन् भन्ने खोजी भईरहेको छ। सिआईबीले नेपाली–नेपाली र नेपाली–विदेशी नागरिक बीच विवाह गर्ने म्यारिज ब्युरोको जानकारी लिने कार्य गरिरहेको उनले जनाए। हालसम्म नेपाल– विदेशी नागरिकबीच विवाह गर्ने उदेश्यले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका ८३ म्यारिज ब्युरो भेटिएका छन्। 'हामी यि सबै व्युरो माथि छानबीन गर्दैछौं,' निर्देशक मल्लले भने।
यसरी सुरु भयो अनुसन्धान
काठमाडौं – एक अपरिचित व्यत्तिले मुख्य सचिव लीलामणि पौडेललाई फोन गरी नेपाली युवतीको विवाह चिनियाँ तथा कोरियन पुरुषसँग गराउने गिरोह सक्रिय रहेको बताएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले अनसन्धान अघि बढाएको थियो। स्रोतका अनुसार ती अपरिचितले मुख्यसचिवलाई यस्तो गिरोहको कार्यालय रहेको ठाउँ समेत बताएका थिए।
आफ्नो परिचय नखुलाई ती अपरिचतले मानव तस्करीको नयाँ ट्रेन्डका बारेमा जानकारी दिएर फोन राखेका थिए। त्यसपछि मुख्य सचिवले सिधै सिआईबीलाई गम्भिर विषय भन्दै छानबिन गर्न निर्देशन दिएका थिए। निर्देशन पाए लगत्तै सिआईबीले विशेष प्राथमिकतामा राखी अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान सुरु गरेको करिव डेढ महिनापछि सिआईबी गिरोहका केही सदस्यलाई पक्राउ गर्न सफल भएको हो। 'एक अपरिचीतले दिएको सुचनाका आधारमा अनुसन्धान गर्दा अहिले थुप्रै नेपाली युवती बेचिनबाट बचेका छन्,' स्रोतले भन्यो।