काठमाडौं– सत्ता पक्ष र विपक्षी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक दुई घन्टासम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहाललाई अर्को बैठकको मिति तोक्ने जिम्मा दिँदै बैठक सकिएको हो।प्रधानमन्त्री निवासमा भेला भएका नेताहरु सहमतिबाटै संविधानन जारी गर्ने विषयमा केन्द्रित थिए। तर उनीहरु यसअघिका आफ्ना अडानमा टसमस भएनन्।
बैठकको सुरुमै प्रधानमन्त्री कोइरालाले सहमतिाबटै संविधान जारी गर्ने बताएर स्थितिलाई सहज बनाउने प्रयास गरेका थिए। एमाओवादी अध्यक्ष दाहालले संविधानका मुख्य विवादित विषयमध्ये शासकीय स्वरुपमा आफूहरु लचक बन्न सक्ने बताए। उनले संघीयताका विषमया कांग्रेस एमालेलाई लचकता अपनाउन आग्रह गरे।
बैठकमा सहभागी खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद आरके खुम्बुका अनुसार दाहालले शासकीय स्वरुपमा नोट अफ डिसेन्ट लेखेर सुधारिएको संसदीय व्यवस्था मान्न सकिने बताएका थिए।
दाहालले पहिचानसहितको संघीयतामा केही लचक हुन आग्रह गरेपछि एमाले उपाध्यक्षसमेत रहेको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले निकै खरो प्रस्तुति दिए। आफूहरु विपक्षीको आन्दोलनबाट डराएर वार्तामा नआएको उनको भनाइ थियो।
दाहाललाई लक्ष्यित गर्दै उनले भने, 'तपाईले बढी दबाब दिन मिल्दैन,' गौतमको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले नागरिकन्युजसँग भने, 'हामी तपाईहरुको आन्दोलनबाट डराएर वार्तामा आएका होइनौं।'
गौतमको अभिव्यक्तिपछि दुई घन्टादसम्म चलेको बैठक सकिएको थियो।
बैठकको अधिकांश समय नेताहरुले एमाले अध्यक्ष केपी ओलीलाई कुर्दै बिताएका थिए। सुरुमा ओली केही समयपछि आउने जानकारी दिइएको थियो। करिब अडाक्ष घन्टासम्म कुरेपछि स्वास्थ्यमा समस्या आयो भन्दै ओली र उपाध्यक्ष विद्या भण्डारी बैठकमा गएनन्। एमाओवादी नेता बाबुराम भट्टराई बैठकमा अनुपस्थित रहे। उनी भारत भ्रमणबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्किरहेकाले उपस्थित हुन नसकेका हुन्।
प्रधानमन्त्री सुशील कोइरालाले दुई पटकसम्म औपचारिक आग्रह गरेपछि विपक्षी मोर्चाले बिहीबार वार्तामा बस्ने औपचारिक निर्णय गरेको थियो। मोर्चाको निर्णयसँगै सत्तापक्ष र विपक्षीबीच शनिवार औपचारिक वार्ता सुरु भएको हो।

आन्दोलनदेखि डराएर वार्तामा आएका हैनौं: गौतम