काठमाडौं–माघ ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङ प्रस्ताव निर्माण समिति गठन गरेपछि संविधानसभा र व्यवस्थापिका संसद अनतर्गतका समिति बहिष्कार गर्ने निर्णय गरेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संसदीय समितिमा सहभागिता जनाउने भएको छ। आइतबार बिहान एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय समितिमा भाग लिने निर्णय गरेको हो।
मोर्चा सदस्य सभासद आरके खुम्बुका अनुसार अहिले पनि बैठक जारी छ।
हिजो बसेको एमाओवादी संसदीय दलको बैठकले व्यवस्थापिका संसदका समितिमा भाग लिने विषयमा सकारात्मक निष्कर्ष निकालेको थियो।
प्रतिपक्ष दलको आवाज उठाउने व्यवस्थापिका संसद बहिष्कार गर्दा जनतामा नकारात्मक सन्देश जाने भन्दै अधिकांश सभासदले असन्तुष्टि जनाएपछि समितिमा सहभागीता जनाउने निर्णयमा एमाओवादी पुगेको हो।
यसअघि व्यवस्थापिका संसद बैठक बहिष्कार गर्ने पार्टी निर्णयको सभासदले विरोध गरेका थिए। सो निर्णयको ३० दलीय मोर्चाभित्रसमेत विरोध भएको थियो। ३० दलीय मोर्चाको एक घटक मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले भने लगायतार रुपमा नै संसदीय समितिको बैठकमा सहभागिता जनाउँदै आएको छ।