काठमाडौं- मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै राप्रपा नेपाल र राप्रपाबीच एकीकरण गर्न दुवै पार्टीले वार्ता टोली गठन गरेका छन्। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री दिपक बोहोराको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेपछि दुई दलबीच एकीकरणको प्रयास हुने भएको हो।राप्रपाले अनौपचारिकरुपमा वार्ता गर्दै एकीकरणको माहौल बनाउने जिम्मा वार्ता टोलीलाई दिएको छ। महामन्त्री दिपक बोहोरा संयोजक रहेको वार्ता टोलीमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुर शर्मा र सहप्रवक्ता किरण गिरी सदस्य छन्।
वार्ता टोलीका संयोजक बोहाराले मंगलबारबाट औपचारिक वार्ता सुरु गर्ने जनाए। 'मुलुकमा वैकल्पिक शक्ति निर्माणको आवश्यकतालाई महशुस गर्दै दुई दलबीच एकीकरण गर्नुपर्ने आवश्यकता ठानेका छौं,' बोहोराले नागरिकन्युजसँग भने, 'वार्तामा दुवै दलबाट केही पनि पूर्वशर्त नराख्ने गरी वार्ताको तयारी गरेका छौं।'
उनले मुलुकमा राष्ट्रियता, प्रजातन्त्र धार बोकेको राष्ट्रवादी शक्ति निर्माण आफूहरुको मुख्य लक्ष्य रहेको बताए।
राप्रपा नेपालले यसअघि नै पार्टी सहध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेका छ। वार्ता टोलीमा उपाध्यक्षहरु निरञ्जन थापा, टंक ढकाल, राजिव पराजुली, धवलशमशेर राणा र महामन्त्री चन्द्रबहादुर गुरुङ सदस्य छन्।
महामन्त्री गुरुङले विवादित विषयमा जनमत संग्रह गर्ने विषय एकीकरणको मिलनबिन्दु हुने बताए। एमाओवादी र मधेसी दल प्रक्रियामा जान नमान्ने कांग्रेस एमाले सहमतिमा जान नमान्ने अहिलको अवस्थामा विवादित विषयमा जनमत संग्रहमा जाने एकीकरणको मिलन बिन्दु हुने गुरुङले बताए।
संविधानसभाको चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपाल हिन्दू राज्य, संवैधानिक राजतन्त्र र गणतन्त्रको विरोधमा छ भने संविधानसभामा १३ सिट पाएको राप्रपाले भने ०६२-६३ को राजनीतिक परिवर्तनलाई स्विकार गरको छ।