चितवन-नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीसँग सहमति हुन धेरै समस्या नभएको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन आएका नेता पौडेलले मंगलबार सौराहामा पत्रकारहरुसँग भने 'माओवादीसँग लगभग कुरा मिलिसकेको छ। मधेस केन्द्रित दलहरुसँग केही समस्या छ जसलाई वर्ताबाट हल गर्न आवश्यक छ' नेता पौडेलले भने।
संघीयताको सिमा निर्धारण गर्दा पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कञ्चनपुर गरेर पाँच जिल्लाको अवस्था के हुने भन्ने विषयमा मधेस केन्द्रित दलहरुसँग केही असमझदारीहरु रहेको पौडेलले बताए। 'असहमति भनेको यहीमा हो। यो ठुलो विषय होइन। यसमा घनिभुत छलफल गरेर निचोडमा पुग्न सकिन्छ' उनले भने।
दाहाल नेतृत्वमा रहेको आन्दोलनरत ३० दलीय मोर्चा र सत्ता पक्षबीच एक पटक वार्ता भए पनि निरन्तरता पाएको छैन। 'मोर्चा र सत्तापक्षबीच पहिलो वार्ता भएपछि केही समय ग्याप रहँदा उहाँहरुलाई केही बेचैनि भएको हुन सक्छ। तर हामी वार्ता छाड्ने पक्षमा छैनौं। फलदायी वार्ताको तयारीमा छौं' पौडेलले भने।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारलाई फोन गरेर आफुले वार्ताका बारेमा भएका तयारीको जानकारी गराएको पौडलले बताए। '३० दलीय मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम घोषणा नगरोस। आन्दोलनका कार्यक्रम आएमा वार्ताको वातावरण बिग्रन्छ भने' पौडेलले भने। मंगललबार ३० दलीय मोर्चाको बैठक बसेको थियो। तर फागुन भर सहमतिको लागि पहल गर्ने निर्णय गरेको छ। आन्दोलनका कार्यक्रम घोषणा भएको छैन। मोर्चासँग वार्ता बस्नुअघि काँग्रेसको आन्तरिक बैठक बस्ने छ। एमाले र काँग्रेसबीच छलफल गरेर मात्रै मोर्चासँग वार्तामा बस्ने पौडेलले बताए।
'एमाले अध्यक्ष केपी ओलीजीको स्वास्थ्य अवस्थाले वार्तामा विलम्ब भएको हो। एक दुई दिनभित्र ओलीजी ठिक हुनु हुन्छ अनि वार्ता अगाडी बढ्छ' पौडेलले भने। सहमति भएर केही दिनभित्रै संविधान लेखनको प्रक्रिया सुरु हुनेमा आफू निकै आशावादी रहेको पौडेलको भनाइ छ। 'विमतिहरु निकै कम भएर गएकोले वार्ताले समाधान निकाल्नेमा आशावादी छु' उनले भने।