काठमाडौं-एनेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले प्रतिवद्दता सहित अघि बढे दलहरुबीच सहमति जुटाउन कठिन नभएको बताएका छन्। वुधबार विहान संञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सहमतिका दुई सुत्र बताए। उनले भने 'हिजोका सहमति र सम्झौता पालना गर्ने र आउने गणतन्त्र दिवसकै दिन संविधान जारी गर्ने प्रतिवद्दता सहित दलहरु अघि बढ्नु पर्छ।' यो प्रतिवद्दता गर्न सके दलका बीच सहमति हुने उनको धारणा थियो।
उनले क्रान्तिको जनादेश र निर्वाचनको मतादेशमा संधै अन्तर रहने बताए। 'क्रान्तिको जनादेश र निर्वाचनको मतादेशमा संधै अन्तर रहन्छ संविधानसभालाई संसद बनाउनु हुँदैन' उनले भने, 'अमेरिका, भारत र दक्षिण अफ्रिकामा पनि निर्वाचनको नभई क्रान्तिको जनादेश अनुसार संविधान बनेका हुन्।'
सघीयताको विवादलाई राज्य पूनर्संरचना आयोगको प्रतिवेदन अनुसार टुंग्याउन सकिने उनको धारणा थियो। संघीयता बारे प्रतिवेदनमा स्पष्ट उल्लेख भएको बताउँदै उनले त्यसलाई पालना गरे विवाद हट्ने विश्वास व्यक्त गरे।
अहिले सत्ता पक्ष र प्रतीपक्षबीच अघोषित युद्ध विराम जस्तै रहेको बताउँदै उनले सहमतिको लागि राष्ट्रपतिको मौखिक आग्रह र प्रधानमन्त्री पछिल्लो विज्ञप्तिका कारण तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगरेको बताए। 'हामी १ गते सम्म पर्खन्छौ सहमतिको वातावरण भएन भने आन्दोलनका कार्यक्रम घोषणा गछौं।' उनले भने,'जनपरिचालन लोकतन्त्र भन्दा बाहिर होइन, हामी लोकतन्त्र बाहिर छैनौं।' सदन छोडेर एमाओवादी बाहिर गयो भन्नु गलत भएको भट्टराईले बताए। ३० दलमा कुनै मतान्तर नभएको उनको भनाई थियो।
युद्ध, शान्ति र लोकतन्त्रको अन्तराष्ट्रिय आयाम हुने बताउँदै भट्टराईले यसमा छिमेकीको चासो हुनु स्वभाविक भएको बताए। भर्खरै भारत भ्रमण गरेर आएका भट्टराईले त्यहाँ पनि नेपालको शान्ति प्रक्रिया सहमतिमा टुंगियोस् भन्ने धारणा पाएको बताए।
अदातलको पछिल्लो फैसला बारे भट्टराईले युद्धकालीन मुद्दालाई अन्य फौजदारी मुद्दा अनुसार हेर्न नहुने धारणा व्यक्त गरे।