जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीचमा मतभेद देखिएको छ। आधा जनप्रतिनिधिले अहिलेको अस्थायी केन्द्र भएको आसपासको क्षेत्रमा केन्द्र तोकिनु पर्ने धारणा राखेका छन्। केहीले साविकको बिराट गाविसमा भएको क्षेत्रमा गाउँपालिका केन्द्र तोकिनु पर्ने अडान राखेका छन्। यी दुई थरीको अडानका कारण गाउँपालिकाले केन्द्र विवाद टुंगोमा पुर्याउन सकेको छैन।
केन्द्र विवादका कारण गाउँपालिकाको आठौँ गाउँसभा अनिश्चित बनेको छ। सभासदस्यहरुले पहिले गाउँपालिकाको केन्द्र टुंगिएपछि मात्र गाउँसभा चल्न दिने अडान कायम राखेका छन्। बिहीबारका लागि वोलाएको गाउँसभामा दर्जन बढि ऐन,कानुन र कार्यविधि पेस गर्ने कार्य सुची तय भएको थियो। तर केन्द्र विवाद नसुल्झिएसम्म कुनै पनि काम अघि बढ्न नदिने अडान सभासदस्यहरुले राखेपछि गाउँसभा अन्यौलमा परेको छ।
अहिले सम्म न केन्द्रको टुंगो लागेको छ,नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ। जबसम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन तबसम्म गाउँसभा हुन नदिन गाउँसभा सदस्यहरुले अडान लिएका छन्। गाउँसभा सदस्यहरुले तत्काल गाउँपालिका केन्द्रको टुंगो लगाउन माग राखेका छन्। गाउँसभा सदस्य पदमबहादुर रोकायाले जबसम्म गाउँपालिका केन्द्रको टुंगो लाग्दैन तबसम्म गाउँसभा चल्न नदिने बताए।
उनले भने,‘हाम्रो पाँच वर्षे कार्यकाल सकिन लागिसक्यो। पाँच पाँच वर्षसम्म पनि गाउँपालिका केन्द्रको टुंगो नलाग्नु लाजमर्दो कुरा हो। अब सबै मिलेर केन्द्र टुंगो लगाएर जग्गा पास गर्ने वातावरण बनाएर मात्र गाउँसभा गर्ने तिर लागौँ।’ यही कार्यकाल भित्र गाउँपालिका केन्द्रको विवाद समाधान नगर्ने हो भने जनताले हामीलाई सराप्नेछन्,ती वडासदस्यले भने,‘गाउँपालिका केन्द्र नतोकेर अघि बढ्ने हो भने गाउँसभा गर्नुको कुनै तुक छैन। पहिले केन्द्र विवादको समाधान हुनुपर्छ अनि मात्र गाउँपालिकाका अन्य काम अघि बढ्छन्। ’
तीन दिन देखि निरन्तर केन्द्र विवादका विषयमा सहमति गर्न छलफल भइरहेको छ। तर सहमति जुट्न सकेको छैन। गाउँपालिका पहिले कार्यपालिकाको बैठकमा टुंगोमा लगाएपछि मात्र गाउँसभामा लैजाने तयारीमा जुटेको छ। पहिले केन्द्र विवाद हुँदा गाउँपालिकामा तोडफोड भएको थियो। अहिले पनि तोडफोड हुन सक्ने भन्दै सदरमुकाम खलंगा देखि सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
जग्गा उपलब्ध गराउछौँ केन्द्र तोकिनु पर्यो भन्दै लुड्कु गाउँका स्थानीयले माग गरेका छन्। पहिले केन्द्र टुंगो लगाउँ,त्यसपछि अन्य विषयमा छलफल गरौँ भन्दै जनप्रतिनिधि तत्काल गाउँसभा गर्न मानिरहेका छैनन्। अहिलेको गाउँपालिका कार्यालय आसपास केन्द्र बनाउने धेरै जनाको सहमति देखिन्छ। एक कर्मचारीले भने,‘पाँच वडाका मानिसहरुले साविकको विराट गाविसमै गर्नुपर्छ भन्ने छ। केन्द्र विवाद मुख्य समस्या भयो। यो विवाद नसुल्झदा सम्म गाउँपालिकाको सबै काम प्रभावित हुन सक्ने देखिएको छ। ’
गाउँ कार्यपालिकाले गाउँसभामार्फत केही कानुन पारीत गराउन थालेको छ। तर केन्द्र विवाद हुँदा सम्म कानुन पारीत हुँदैन। जब सम्म निर्धक्क पुर्वक काम गर्ने वातावरण बन्दैन। तबसम्म कानुन पारीत गरेर पनि केही हुनेवाला छैन। अर्का गाउँसभा सदस्य सिंहराज सार्कीले भने,‘हामी गाउँसभा रोक्छौँ। तर गाउँपालिका केन्द्र तोक्न दवाब दिन्छौँ। ’
पहिलो चरणमा सहमतिको प्रयास गर्न दबाव दिदै सभासदस्यहरुले सहमतिको संभावना नभएको खण्डमा निर्वाचनका माध्यमबाट भएपनि केन्द्र तोकिनु पर्नेमा जोड दिएका छन्। गाउँसभामा प्रमुख कार्यसुचीकारुपमा गाउँपालिकाको केन्द्र नहुँदासम्म सभा चल्न नदिने अडान सभासदस्यहरुले गरेका छन्। जबसम्म गाउँपालिकाको केन्द्र विन्दु तोकिदैन, तबसम्म गाउँसभाबाट कुनैपनि योजना तथा ऐन कानुन पास हुने छैनन्। हुन पनि दिदैनौँ,उनले भने।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत तिर्थराज कठायतले सभामा केही कानुन पारीतको लागि पेस गरेका थिए। उनले कानुन पारीत गर्न आग्रह गरेपछि सभा सदस्यले यो गाउँसभामा केन्द्र तोक्ने बाहेकको बिषय प्रवेश गर्न नहुँने भन्दै गाउँ सभा रोक्न सुझाव दिएका थिए।
गाउँपालिका केन्द्र तोक्ने विषयमा घनिभुत छलफल भइराखेको गाउँपालिका अध्यक्ष नरविर रावत बताउँछन। उनले भने,‘अहिले गाउँपालिका केन्द्र यहाँको मुख्य बिषयवस्तु बनेको छ। सबैसंग छलफल चलिरहेको छ। सहमतिका आधारमा केन्द्र तोक्ने विषयमा गाउँपालिका जिम्मेवार भएर प्रस्तुत भइरहेको छ।’ गाउँपालिका केन्द्र तोकेर सेवाप्रवाहलाई प्रभावकारी बनाउनको लागि स्थानीयले आग्रह गरेका छन्।