वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई
०७ फागुन २०७८
•
१ मिनेट पाठ
वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवानको स्वरूप भएकाले उचित रूपले पालनपोषण, हेरचाह र सेवा गर्नु  छोराछोरीको कर्तव्य भएको बताए।




राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज  विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रम  बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।

उनले विराटनगरमा नागरिक स्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिंदै सामाजिक हितका लागि नागरिकका तर्फबाट हुने कार्यमा सरकार होस्टेमाथि हैसे गर्न तयार छ भने। मुख्यमन्त्री राईले वृद्धाश्रम व्यवस्थित रूपमा सञ्चालन गरी दीनदुःखीको सेवा गरेकामा सञ्चालकप्रति आभार प्रकट गर्दै  प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गरे।

यसैगरी उनले वडा नं १० स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ज्येष्ठ नागरिक र असहायको सेवा गर्नु हामी सबैको कर्तव्य भएको बताए। प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी सङ्घ संगठनले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए। वृद्ध आश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन भवनमा १५० असहायले आश्रय लिइरहेका छन्।
अर्को समाचार
मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ
१६ कार्तिक २०७८
•
१ मिनेट पाठ
मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ
नव नियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराउँदै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी। तस्बिर: नागरिक
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।




यस्तै मुख्यमन्त्री राईको सिफारिसमा नियुक्त भएका ४ मन्त्री र १ राज्य मन्त्रीले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नव नियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, आन्तरिक मामिला मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश प्रमुख सोमथान अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। यस्तै सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई मुख्य मन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

प्रदेश १ मा ५ दलीय गठबन्धनको संयुक्त सरकार निर्माण भएको छ। नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट हिमाल कार्की र केदार कार्की, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्वो र जनता समाजवादीका जयराम यादव हुन्। यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे हुन्। नव नियुक्त मन्त्रीहरूले पदभारसमेत ग्रहण गरेका छन्।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस