काठमाडौं–फागुन महिनाभरी सहमतिको पहल गर्ने निर्णय गरेको एमाओवादी नेतृत्वका विपक्षी मोर्चाको सो अवधिमा सहमति नभएपछि भावी रणनीति तय गर्न बैठक बसिरहेको छ। एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा जारी बैठकमा भावी रणनीतिबारे छलफल भइरहेको छ।
बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले बताएका छन्। बैठकमा नेताहरुले आफूहरु सहमतिको पक्षमा रहेपनि सत्तापक्ष दल सहमतिको बहानामा विपक्षीको आन्दोलनलाई रोक्ने रणनीतिमा लागेको भन्दै कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन्।
बैठकमा एमाओवादी अध्यक्ष एवं मोर्चाका संयोजक पुष्पकमल दाहालले कांग्रेस–एमालेसँग भएको छुट्टा छुट्टै वार्ताका विषयमा जानकारी गरएका थिए। उनले सहमतिबाटै संविधान जारी गर्ने पक्षमा आफूहरु रहे पनि सत्तापक्ष वार्ताप्रति गम्भीर नभएको आरोप लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
स्रोतका अनुसार आजको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ। पहिलो चरणको आन्दोलन पुरा गरेको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलनलाई 'क्रियात्मक' बनाउने बताउँदै आएका छन्। बैठकले सरकारलाई असहयोग र बष्किारलगायतका कार्यक्रम सार्वजनिक गर्ने स्रोतले बतायो।