काठमाडौं–फागुन महिनाभरी सहमतिको पहल गर्ने निर्णय गरेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चालेे सो अवधिमा सहमति नभएपछि तीन दिने आम हड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार बसेको मोर्चाको बैठकले देशव्यापी रुपमा आम हड्तालसहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
मोर्चाको बैठकले चैत पाँचदेखि २६ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। महिला हिंसा तथा बलात्कारका घटनाको भण्डाफोर गर्ने, प्रधानमन्त्री तथा मन्त्रीलाई सार्वजनिक बहिष्कार गर्दै कालोझण्डा देखाउने लगायतका कार्यक्रम छन्।
बैठकमा एमाओवादी अध्यक्ष एवं मोर्चाका संयोजक पुष्पकमल दाहालले कांग्रेस–एमालेसँग भएको छुट्टा छुट्टै वार्ताका विषयमा जानकारी गरएका थिए। उनले सहमतिबाटै संविधान जारी गर्ने पक्षमा आफूहरु रहे पनि सत्तापक्ष वार्ताप्रति गंभिर नभएको आरोप लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।