काठमाडौं–केही सयम अगाडि अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्का साथीहरुको आग्रह टार्न नसकेपछि संविधानसभा भवन अगाडि एउटा मिठाइ पसलमा जेरी खान पसे। साथीहरुसँग जेरी खाँदै गरेका खड्काले कोटमा लगाएको संविधान सभाको ब्याचका कारण अन्यले पनि चिने। मिठाइ पलसभित्रै बाट कसैले भन्यो, 'हामीले तिरेको करले सभासदले जेरी खान थाले।'
आज बिहान सुकेधाराबाट सिंहदरबार आउन तीन सय रुपैयाँ तिरेर ट्याक्सी चढेकी राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सभासद सिमाकुमारी विकलाई गन्तव्यमा पुगिसकेपछि ट्याक्सी चालकले भने, 'सभासद भएको थाहा पाएको भए पाँच सय लिन्थेँ।'
गत जेठमा नेपाली कांग्रेसकी सभासद रिता शाही टेम्पुमा संविधानसभा भवन नयाँ बानेश्वर जाँदै गर्दा एक सर्वसाधारणले दुव्र्यवहार गरे। प्रहरीले आक्रमणकारी टीकाराम सुन्दासलाई पक्राउ गर्यो । बयानमा उनले बताए- संविधान सभा अंकित ब्याचले गर्दा सजिलै चिन्न सकेँ। अहिले सभासद शाही अफिसियल काम बाहेक अरु अवस्थामा ब्याच नलाउने गरेको बताउँछिन्।
***
सभासदप्रति जनताको सोच प्रतिविम्बित गर्ने यी प्रतिनिधिमूलक घटना हुन्। आफैँले भोट दिएर पठाएका प्रतिनिधिप्रति जनताको आक्रोस किन यति धेरै? संविधानसभाको पहिलो बैठकले माघ ८ मा संविधान जारी गर्न प्रतिबद्धता जनाएको थियो। कसरी माघ ८ मा संविधान सम्भव छ भनेर कार्यतालिका नै पारित गरेको थियो। तर दलहरु संविधान लेखन छाडेर सत्ताको तानातानमा अल्झिएपछि सबै कुरा थाती छन्। सभासहरुमाथि संविधान लेखनको काममा नगरेको, राज्यको सुखसुविधा मात्र भोगेको आरोप जनस्तरमा छ। कामको सिन्को नभाँच्ने र राज्यको ढुकुटीमा रजाइँ गर्ने आरोप उनीहरुमाथि छ। मुख्य दलका सीमित नेताबीचको असहमझदारीका कारण संविधान सभाको केन्द्रीय काम लम्बिँदा सभासदप्रति जनताको हेराइ छि:छि: हुने गरेको सभासदहरुको अनुभव छ।
'संविधानसभालाई ६ सय १ को भारी बोकाइएको छ यसको कुनै अर्थ छैन,' सार्वजनिक ठाउँमा हिँड्दा संविधान सभा अंकित ब्याच नलगाउने थरुहट तराई पार्टीकी सभासद गंगा चौधरी भन्छिन्।
संविधान बनाउने नबाउने भूमिकामा आफूहरु नभएपनि जनताको आक्रोशमा भने सधैं आफूहरु पर्ने गरेको अधिकांश दलका सभासदको गुनासो छ। समयमा संविधान जारी गर्न नसक्ने र जनताले तिरेको करबाट तलब भत्तामात्र खाने आरोप यत्रतत्र सुनिन थालेपछि सभासदले पछिल्लो समय संविधान सभा भवन र सिंहदबारबाहिर हिँड्दा संविधान सभा अंकित ब्याच लगाउनै छोडेका छन्। 'सार्वजनिक यातायातको प्रयोग गर्नुपर्छ दुनियाँले गाली गर्छन्,' नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशीले भने,'कतिपय ठाउँमा त आक्रमणसमेत हुने डर हुन्छ। त्यसैले सार्वजनिक ठाउँमा हिँड्दा लोगो लगाउँदिन।'
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्कासँग सभासदकै कारण तितो अनुभव पाएका छन्। विरामी भेट्न अस्तपाल जाँदासमेत सर्वसाधारणले सभासद भनेर खिल्ली उडाएको उनको अनुभव छ। 'पहिलो संविधानसभा पनि कांग्रेस–एमाले र एमाओवादीकै कारण संविधान जारी नगरी विघटन भयो,' खड्काले भने,'अहिले पनि तिनै दललाई निर्वाचनमा जिताउने जनता कम दोषी छैनन्।' सभासदको नाताले संविधान नबानेको दोष आफ्नो भागमा पनि पर्ने तर्क गर्दै उनले सबै सभासदलाई एउटै टोकरीमा राख्न नहुने तर्क सुनाए। 'भोट दिने बेलामा विगतमा गल्ती गर्ने दललाई दिने अनि दोष सबैलाई समान रुपमा दिन मिल्छ?,' उनले भने,' जनताले पनि ठुला दललाई मत दिएर गल्ती गरिएछ भनेर आत्मलोचाना गरेपछि मात्र हामी पनि आफ्नो गल्ती स्वीकार्छौं।'
दलित जनजाति पार्टीकी सभासद यशोदा लामा सभासदको पहिचान आफूलाई भारी भएको बताउँछिन्। 'सत्तापक्षका सीमित नेता संविधान नबनाउने खेलमा छन्,' उनले भनिन्,'त्यसको शिकार हामीहरु बन्नु परेको छ। सभासदको पहिचान नै भारी भयो।' उनले ६ सय १ सदस्यीय संविधानसभाको औचित्य नभएको जिकिर गरिन्। 'ठूला दलका चार जना नेता बनेर संविधान बनाउने हो भने ६ सय १ सदस्यीय संविधानसभाको कुनै औचित्य छैन,' उनले भनिन्।
कतिपयले करोडौं खर्च गरेर सभासद बनेको चर्चा चलिरहँदा सभासद बनेकालाई भने पश्चाताप लागेको छ। स्वतन्त्र हैसियतमा प्रत्यक्षतर्फ चुनाव जितेर आएका चन्द्रेश्वर झा आफूलाई सभासद बनेकोमा पछुतो लागेको बताउँछन्। 'यहाँ त जनताको नाममा बेइमानी गर्ने काम मात्र हुने रहेछ,' उनले भने,'म जिल्लामा हुँदा जहिले पनि जनताको काममा व्यस्त हुन्थेँ। सभासद भएर आएपछि जनताको नाममा बेइमानी मात्र हुने थाहा पाएँ।' धनुषाका समाजसेवी झालाई उनका शुभेच्छुकहरुले उम्मदवारी दर्ता गराएर प्रत्यक्षतर्फ जिताएका थिए।
गत जेठमा कांग्रेस सभासद शाहीमाथिको आक्रमणपछि अधिकांश महिला सभासद ब्याच नलाइ हिँडडुल गर्छन्। आफैँले बाचा गरेको मिति माघ ८ मा संधिवान जारी हुन नसकेपछि सार्वजनिक स्थानमा ब्याच फुकाएर हिँड्ने सभासदको सूचि झन् लामो बनेको छ।

जनता दोषी छन्

सभासद बनेकोमा पश्चाताप