दमक-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान निर्माण अन्योलमा परेको बताएका छन्।मंगलबार बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताए।
सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उनले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गरे। ‘कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ,’ उनले भने।
संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्दै उनले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताए।
अध्यक्ष थापाले नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारी भइरहेको उल्लेख गरे। रासस