घोषित आन्दोलनबारे विपक्षी मोर्चाभित्रै बिबाद
०४ चैत्र २०७१
•
७ मिनेट पाठ
घोषित आन्दोलनबारे विपक्षी मोर्चाभित्रै बिबाद
काठमाडौं-सर्वसाधारणले अत्यधिक सास्ती भोग्नुपर्ने आमहड्तालजस्तो विरोध कार्यक्रम घोषणापछि एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोचाभित्र विवाद चुलिएको छ। आन्दोलनमा जाने विषयमा एकमत रहे पनि विपक्षी मोर्चाका कतिपय नेताले ‘विरोधका नाममा आमहडताल गरेर जनतालाई सास्ती दिन हुन्न' भन्दै फरक मत राखेपछि मोर्चामा विवाद बढेको हो।तीनदिने आमहडताल ‘आत्मघाती' हुने भन्दै मोर्चाका केही नेताले घोषणा फिर्ता गराउन नेतृत्वलाई दबाब दिइरहेको स्रोत बताउँछ। मोर्चाभित्रका अनुदारवादी नेताको उक्साहटमा यस्तो कार्यक्रम घोषणा भएको उनीहरूको ठहर छ। यसले ‘सहमतिमा संविधान ल्याउनुपर्छ' भन्ने विपक्षी मोर्चाको मूल एजेन्डाप्रति नै सर्वसाधारणमा नकारात्मक धारणा पैदा गर्ने उनीहरूले तर्क गरेका छन्।
‘आन्दोलनका जाने विषयमा विमति होइन,' मोर्चाका एक नेताले बुधबार नागरिकसँग भने, ‘तर, जसरी आन्दोलन कार्यक्रम घोषणा गरियो, त्यसको पक्षमा हामी छैनौं।'




व्यवस्थापिका–संसद अन्तर्गतका संसदीय समिति बहिष्कार गर्दै आएको एमाओवादीले फागुन ३० गते समिति बैठकहरुमा सहभागिता जनाउने निर्णय गरेको थियो। तर त्यसको भोलिपल्ट बसेको ३० दलीय मोर्चाको बैठकमा उसको प्रस्तुति अघिल्लो दिनको जस्तो देखिएन। मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, पासाङ शेर्पा लगायत जातीय पृष्ठभूमिका दलहरुले अनिश्चितकालसम्म आमहड्ताल र सम्झौताहीन आन्दोलनको प्रस्ताव गरेका थिए। सो खाका जस्ताको तस्तै पारित हुन नसके पनि मोर्चाको सचिवालयले पहिलै तयार पारेको तीन दिने आमहड्ताल सहितको आन्दोलन कार्यक्रम चैत १ गतेको मोर्चाको बैठकले अनुमोदन गरेको थियो।
अनिश्चितकालीन आमहड्ताल जनताको समर्थन नहुने भन्दै मोर्चाभित्रैका नेताले तीन दिनसम्मको आमहड्तालमा अनुदारवादी पक्षलाई सहमत गराएका थिए। विवादकै बीचमा घोषणा भएको आमहड्तालका कारण अहिले मोर्चामा झन् विवाद चुलिएको हो।
मोर्चाभित्रकै आन्दोलन असफल पार्ने तत्वले तीन दिन आम हड्ताल घोषणा गराएको निष्कर्ष निकालेका केही नेताले आम हड्ताल घोषणा फिर्ता लिन पहल थाहेका हुन्। ‘माधव नेपाल नेतृत्वको सरकारविरुद्ध एमाओवादीले गरेको अनिश्चितकालीन आमहड्तालमा जस्तै असफल हुनु परे भोलिको भविष्य के हुन्छ?', नागरिकसँग कुरा गर्दै एक नेताले भने,  ‘हाम्रो हड्ताललाई जनताले प्रतिकार गरे भने जनस्तरबाटै हाम्रा एजेन्डा अस्वीकृत भएको अर्थनेछ।' बढी क्रान्तिकारी देखिने नाममा मोर्चालाई  असफल पार्ने खेल हुन थालेको ती नेताले बताए।
खासगरी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आमहड्ताल कार्यक्रम फिर्ता लिनुपर्छ भन्ने अडानमा छन्। विरोध कार्यक्रमलाई आमहड्तालसम्म पुग्न नदिन आफूले प्रयास गरिरहेको पुष्टि गर्दै उनले नागरिकसँग भने, ‘म व्यक्तिगत रूपमा पनि दलहरूसँग निरन्तर छलफलमा छु, सकेसम्म आमहड्तालसम्म जानुपर्ने अवस्था आउन दिनुहुन्न।'
‘विरोधकै बीचमा पनि सहमति हुन सक्छ,' उनले भने, ‘त्यसका लागि म सत्तारुढ दलसँग निरन्तर सम्पर्कमा छु।'
विपक्षी मोर्चाकै एक घटक खुम्बुवान राष्ट्रिय मोर्चाका नेता आरके खुम्बु पनि आमहड्तालको पक्षमा छैनन्। ‘अहिले क्रियात्मक आन्दोलन गर्ने बेला भएकै छैन,' उनले भने, ‘साथीहरूले हतार गरेर आन्दोलन घोषणा गर्नुभयो। सफल भएन भने मोर्चाको भविष्य खतरामा पर्छ।'
आन्दोलनको लक्ष्य ‘सहमतिबाट संधिवान जारी गर्न दबाब दिनु' रहेको भन्दै सम्झौताहिन आन्दोलनमा जाँदा मुलुक, जनता र विपक्षी मोर्चालाई घाटा हुने उनले बताए।
मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता पनि आमहड्तालको पक्षमा देखिँदैनन्। आन्दोलन घोषणा गर्दा जनताको मनोविज्ञान बुझ्नुपर्ने भए पनि मोर्चाले त्यसो गर्न नसकेको उनको ठम्याइ छ। ‘जनताको इच्छा आन्दोलनमा जाने छ कि छैन भनेर पर्याप्त छलफल गरिनुपर्थ्यो,' गुप्ताले नागरिकसँग भने,’त्यो विषयमा मोर्चा चुकेको छ। यस विषयमा म पार्टीभित्र पनि कुरा राख्छु।' आन्दोलनले जनताको मन जित्न नसकिने उनको बुझाइ छ।  
सहमति गर्ने विषयलाई लिए मोर्चाका नेताहरु प्रधानमन्त्री सुशील कोइराला एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्पर्कमा छन्। मोर्चाका केही नेताले वार्ताको वातावरण बनाउन आज बिहीबार प्रधानमन्त्री सुशील कोइराला र शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्दैछन्। छुट्टछुट्टै हुने भेटमा वार्तालाई अघि बढाउन आग्रह गर्ने तथा वार्ताको वातावरण बने मोर्चाले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिने स्रोतले जनायो। ३० दलीय मोर्चाले वार्ता र सहमतिका पहल गर्ने जिम्मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारलाई दिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस