प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद
११ फागुन २०७८
•
३ मिनेट पाठ
प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद
प्रदेशको नामाकरणका विषयमा आयोजित सर्वदलिय बैठकमा सहभागि नेताहरू।
प्रदेश १ को नामकरणकाका विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ।  मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन। प्रारम्भीक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ।




सबै दलका नेताहरूले आफ्नो दल  पहिचानको पक्षमा रहेको बताए पनि प्रमुख दलहरूले प्रदेशको नामका विषयमा स्पष्ट धारणा राखेनन्। उनिहरूले गोलमोटलमा सझा सहमति खोजेर नामाकरण गर्नुपर्ने भन्दै नामका विषयम पन्छिने प्रयास गरे। सत्ता रुढ दलका नेताहरूले गोलमोटलमा जवाफ दिए पछि  र विपक्षी दल कसैले पनि स्पष्ट रुपमा प्रदेशको नामबारे प्रस्ताव ल्याएनन्।

सत्तारुढ गठबन्धनले प्रदेश नामका बारे एउटै नाम प्रस्ताव गर्ने दाबी गरिरहेका बेला मंगलबार कार्यक्रममा बोल्ने पाँच दलका नेताहरुले आ–आफ्नो अडान व्यक्त गरे। सत्ता गठबन्धनका सबै दलहरुले पहिचानका पक्षमा आफूहरु सकारात्मक रहेको बताए पनि नामका विषयमा दलहरू एक मत भएनन्। नेपाली कांग्रेसका प्रदेश १ सभापति उद्वव थापाले कांग्रेस पहिचानको विरोधी नभएको बताउँदै सबै जात, जाति, भाष धर्म, संस्कृति र भूगोलका वासिन्दाको साझा हुने नाममा सहमति गर्ने बताए।

उनले भने ‘सबैलाई मान्य हुने किसिमको नामाकरण गर्नुपर्छ।’ नेकपा माओवादी प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङले माओवादीले विगत देखि नै पहिचानका आधारमा नामाकरण हुनुपर्ने धारणा राख्दै आएको बताए। तर, उनले प्रदेशको नाम के राख्ने भन्ने प्रस्ताव भने गरेनन्। नेकपा एकिकृत समाजवादी प्रदेश १ का अध्यक्ष वलदेव चौधरीले सबैलाई मान्य हुने किसिमको साझा नाम राख्नुपर्ने बताए।

तर, उनले पनि प्रदेशको नाम प्रस्ताव गरेनन्। प्रतिपक्षी दलका नेताहरूले सत्तारुढ दलहरूबीच नै नामका विषयमा एकमत नभएकाले आफूहरूले धारणा बनाउन नसकेको बताए। सत्तारुढ दलहरूले संयुक्त रुपमा नाम प्रस्ताव गरेपछि मात्रै आफूहरूले धारणा बनाउने विपक्षी दल एमालेका तर्फबाट धारणा राख्दै  प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताए।

प्रदेशको नामाकरणको विषयमा सत्तारुढ ५ दल ५ तिर फर्किएको भन्दै आलोचना गरे। ‘सत्तारुढ ५ दलमा नै नामाकरणको विषयमा एक मत छैन’ उनले भने ‘५ दल ५ तिर फर्किका छन्।’ न्यौपानेले सत्ता गठबन्धनले नाम प्रस्ताव नगरेसम्म आफूहरूले नामाकरणको विषयमा धारणा बनाउनु उपयुक्त नहुने स्पष्ट पारे।

तर, साना दलहरू जनता समाजवादी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले भने दलका तर्फबाट नाम प्रस्ताव गरे। जनता समाजवादी दलका प्रदेश उपाध्यक्ष राजकुमार यादवले ‘किरात लिम्बुवान मधेश शेपालुङ’ प्रदेश राख्न माग गरे। उनले आफूहरूले विगत देखि नै पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने माग गर्दै आएको बताए।

यस्तै लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो दलको तर्फबाछ धारणा राख्दै लिम्बुवान, किंरात र खम्बुवान नाम राख्नु उपयुक्त हुने बताए। उनले भने ‘प्रदेश १ को नाम लिम्बुवान, किंरात र खम्बुवान राख्नु उपयुक्त हुन्छ।’  मुख्यमन्त्री राजेन्द्र राईले  प्रदेश नामका बारे छलफल र निर्णयको सबै अधिकार प्रदेशसभामा रहेको बताउँदै त्यसका लागि छलफलको वातावरण बनाउन बैठक आयोजना गरिएको बताए।

उनले सर्वदलीय बैठकले साझा नाम जुराउन सहयोग पुग्ने धारणा राखे। ९३ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन्। संविधान अनुसार प्रदेशको  नाम राख्न दुई तिहाई बहुमत आवश्यक पर्छ। प्रदेशमा दुई तिहाई संख्या पुर्‍याउन ६२ जना सांसद  आवश्यक पर्छ।

सत्ता गठबन्धनमा ५१ जना मात्रै छन्। गठबन्धनलाई नामकरण प्रक्रिया टुंग्याउन थप  ११ मत आवश्यक हुन्छ। प्रदेश १ मा एमालेको सहमति विना नामाकरण टुंगो लगाउन संभव नभएकाले सबै दलको साझा सहमति नभई प्रदेश १ को नामाकरण टुंगो लाग्ने अवस्था छैन।
अर्को समाचार
प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद
१० फागुन २०७८
•
३ मिनेट पाठ
प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद
प्रदेशको नामाकरणका विषयमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेताहरू। तस्बिरः विनोद/नागरिक
प्रदेश १ को नामकरणका विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।




प्रारम्भिक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ। सबै दलका नेताहरूले आफ्नो दल पहिचानको पक्षमा रहेको बताए पनि प्रमुख दलहरूले प्रदेशको नामका विषयमा स्पष्ट धारणा राखेनन्। उनिहरूले गोलमोटलमा साझा सहमति खोजेर नामाकरण गर्नुपर्ने भन्दै नामका विषयम पन्छिने प्रयास गरे। सत्तारुढ दलका नेताहरूले गोलमोटलमा जवाफ दिएपछि र विपक्षी दल कसैले पनि स्पष्ट रुपमा प्रदेशको नामबारे प्रस्ताव ल्याएनन्। सत्तारुढ गठबन्धनले प्रदेश नामका बारे एउटै नाम प्रस्ताव गर्ने दाबी गरिरहेका बेला मंगलबार कार्यक्रममा बोल्ने पाँच दलका नेताहरुले आ–आफ्नो अडान व्यक्त गरे।

सत्ता गठबन्धनका सबै दलहरुले पहिचानका पक्षमा आफूहरु सकारात्मक रहेको बताए पनि नामका विषयमा दलहरू एक मत भएनन्। नेपाली कांग्रेसका प्रदेश १ सभापति उद्वव थापाले कांग्रेस पहिचानको विरोधी नभएको बताउँदै सबै जात, जाति, भाष धर्म, संस्कृति र भूगोलका वासिन्दाको साझा हुने नाममा सहमति गर्ने बताए। उनले भने ‘सबैलाई मान्य हुने किसिमको नामाकरण गर्नुपर्छ।’ नेकपा माओवादी प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङले माओवादीले विगतदेखि नै पहिचानका आधारमा नामाकरण हुनुपर्ने धारणा राख्दै आएको बताए। तर, उनले प्रदेशको नाम के राख्ने भन्ने प्रस्ताव भने गरेनन्। नेकपा एकिकृत समाजवादी प्रदेश १ का अध्यक्ष वलदेव चौधरीले सबैलाई मान्य हुने किसिमको साझा नाम राख्नुपर्ने बताए। उनले पनि प्रदेशको नाम प्रस्ताव गरेनन्। प्रतिपक्षी दलका नेताहरूले सत्तारुढ दलहरूबीच नै नामका विषयमा एकमत नभएकाले आफूहरूले धारणा बनाउन नसकेको बताए। सत्तारुढ दलहरूले संयुक्त रुपमा नाम प्रस्ताव गरेपछि मात्रै आफूहरूले धारणा बनाउने विपक्षी दल एमालेका तर्फबाट धारणा राख्दै  प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताए। प्रदेशको नामाकरणको विषयमा सत्तारुढ ५ दल ५ तिर फर्किएको भन्दै आलोचना गरे। ‘सत्तारुढ ५ दलमा नै नामाकरणको विषयमा एक मत छैन’ उनले भने ‘५ दल ५ तिर फर्किका छन्।’ न्यौपानेले सत्ता गठबन्धनले नाम प्रस्ताव नगरेसम्म आफूहरूले नामाकरणको विषयमा धारणा बनाउनु उपयुक्त नहुने स्पष्ट पारे।

तर, साना दलहरू जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने दलका तर्फबाट नाम प्रस्ताव गरे। जनता समाजवादी दलका प्रदेश उपाध्यक्ष राजकुमार यादवले ‘किरात लिम्बुवान मधेश शेपालुङ’ प्रदेश राख्न माग गरे। उनले आफूहरूले विगत देखि नै पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने माग गर्दै आएको बताए। यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो दलको तर्फबाट धारणा राख्दै लिम्बुवान, किंरात र खम्बुवान नाम राख्नु उपयुक्त हुने  बताए। उनले भने ‘प्रदेश १ को नाम लिम्बुवान, किंरात र खम्बुवान राख्नु उपयुक्त हुन्छ।’

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामका बारे छलफल र निर्णयको सबै अधिकार प्रदेशसभामा रहेको बताउँदै त्यसका लागि छलफलको वातावरण बनाउन बैठक आयोजना गरिएको बताए। उनले सर्वदलीय बैठकले साझा नाम जुराउन सहयोग पुग्ने धारणा राखे। ९३ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन्। संविधान अनुसार प्रदेशको नाम राख्न दुई तिहाई बहुमत आवश्यक पर्छ। प्रदेशमा दुई तिहाई संख्या पुर्याउन ६२ जना सांसद आवश्यक पर्छ। सत्ता गठबन्धनमा ५१ जना मात्रै छन्। गठबन्धनलाई नामकरण प्रक्रिया टुंग्याउन थप ११ मत आवश्यक हुन्छ। प्रदेश १ मा एमालेको सहमति विना नामाकरण टुंगो लगाउन संभव नभएकाले सबै दलको साझा सहमति नभई प्रदेश १ को नामाकरण टुंगो लाग्ने अवस्था छैन।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस