रौतहट–एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष विन्देश्वर प्रसाद यादवलाई पार्टीको आचरण विपरित कार्य गरेर बदनाम गर्दै हिडेको आरोपमा निलम्बन गरेको छ।
एमाओवादीका जिल्ला इन्चार्ज उपेन्द्रप्रसाद साहको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कमिटि रौतहटको बैठकले अध्यक्ष यादवलाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जनाएको हो। जिल्ला इन्चार्ज साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा तत्कालीन अध्यक्ष यादवसँग पार्टीले विभिन्न समायमा पटक पटक स्पष्टीकरण सोधेपनि जवाफ नदिएको कारण पदीय मर्यादा विपरित कार्य गरेको ठहर गर्दै जिल्ला कमिटीले निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ।निलम्बित अध्यक्ष यादवले सहीद परिवार शम्भु यादवको श्रीमतीले पाउनु पर्ने पाँच लाख कुम्ल्याएको, सेवा केन्द्रको विषयमा जारी आन्दोलन निति विपरित भुमिका खेलेको, पार्टीले पठाएको प्रतिनिधिलाई नमानी अपनाम गरी पार्टीको छबी विगार्ने जस्ता लगायतका कार्य गरेको अभियोगमा उनलाई निलम्बन गरी जिल्ला उपाध्यक्ष मनोजकुमार यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत बैठकले दिएको जिल्ला इन्चार्ज साहद्धारा विज्ञप्तिमा उल्लेख रहेको छ।