काठमाडौं-एमाओवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सात दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग भेटघाट गरेका छन्।
शनिबार बिहान टिचिङ अस्पतालमै पुगेर भेटघाट गरेका नेताद्वय भट्टराई र श्रेष्ठले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन्। भेटपछि नेता बाबुराम भट्टराईले छिटोभन्दा छिटो माफियाकरण र निजीकरणको अन्त्य गर्दै डा.केसीको माग सम्बोधन हुनुपर्ने बताए। ‘सरकारले निजीकरणलाई प्रोत्साहन दिने होइन,’ उनले भने, ‘कुनै ठाउँमा मेडिकल कलेज आवश्यक छ भने आँफै चलाउनुपर्छ।’ केसीको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै उनले केसीको अनशन छुटाउन माग सम्बोधन गर्न सरकारसँग माग गरे।
भेटका क्रममा डा. केसीले भने, ‘मेरो स्वास्थ्यभन्दा तीन करोड जनताको स्वास्थ्यप्रति सबैले ध्यान दिनुपर्छ। म त्यसकै लागि अनशन बसेको हुँ।’
त्यस्तै, भेटपछि माओवादी उपाध्यक्ष श्रेष्ठले केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै भने, ‘डा. केसीको माग सम्बोधनबारे आज नै प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गर्छु।’
विभिन्न राजनीतिक दल तथा संघ-संघठनले केसीका मागमा ऐक्यबद्धता जनाउने क्रम बढ्दो छ। शनिबार नै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौड्यालले पनि केसीसँग भेटघाट गरेका छन्।