यसरी पारित भयो
१६ फागुन २०७८
•
२ मिनेट पाठ
यसरी पारित भयो
प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ।




प्रतिनिधिसभामा आइतबार नै सैद्धान्तिक र दफाबार छलफल गरी एमसिसी अनुमोदन गरिएको हो। कसैले पनि मत विभाजनको प्रश्न नउठाएका कारण एमसिसी ध्वनिमतबाट अनुमोदन गरिएको थियो।

एमसिसीको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मत जाहेर गरेका थिए। अनुमोदन प्रक्रिया जारी रहँदा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले आफ्ना पुरानै अजेन्डालाई लिएर नाराबाजी गरिरहेका थिए। नाराबाजीका क्रममा एमसिसीलाई भने एमाले सांसदहरूले छोएनन्।

एमसिसीमा रहेका अस्पष्ट प्रावधानलाई १२ बुँदे घोषणापत्रमा समावेश गरी एमसिसीसँगै व्याख्यात्मक घोषणापत्र पनि बहुमतले अनुमोदन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले १२ बुँदे व्याख्यात्मक घोषणापत्रका व्याख्या पढेर अनुमोदनका लागि प्रस्ताव गरेका थिए। संविधानको धारा २७९ र प्रतिनिधिसभाको नियमावली २३० को व्यवस्थामा टेकेर एमसिसी अनुमोदन गरिएको छ। अर्थमन्त्री शर्मा एमसिसी टेबुल गर्ने दिन अनुपस्थित भए पनि आइतबार भने उपस्थित थिए। उनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्न ल्याइएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका थिए।

आइतबार प्रतिनिधिसभाको पहिलो बैठक ३ बजे बसेको थियो। पहिलो बैठकमा एमसिसीमा सैद्धान्तिक छलफल भई बहुमतले स्वीकृत भएको थियो भने दोस्रो बैठक राति साढे सात बजे बसेको थियो। दोस्रो बैठकमा एमसिसीमाथि दफाबार छलफल गरिएको थियो।

दफाबार छलफलमा भाग लिनेमध्ये नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल, एमालेका भीम रावल, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एमसिसीमा असहमति जनाएका थिए। मतदानमा पनि उनीहरू विपक्षमा उभिएका थिए।

दुईवटै बैठक अवधिभर एमाले सांसदले निरन्तर नाराबाजी गरिरहे। दिनभरि सदन चलेकाले एमाले सांसदले आलोपालो गरी नाराबाजी गरेका थिए। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि सभामुखअघिको वेलमा आएर नाराबाजीमा सहभागी भएका थिए। उनले उठीउठी सदनमा बोल्ने सांसदका धारणा सुनिरहेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आआफ्ना स्थानमा बसेर सबैका धारणा सुनिरहेका थिए।

एमसिसी २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएर ३२ महिनादेखि थन्किएको थियो। सरकारको पहलमा यसलाई फागुन ८ गते संसद्मा टेबुल गरिएको थियो। संसद् अधिवेशन मंसिर २८ गतेदेखि सुरु भएको थियो। त्यसको साढे दुई महिनापछि एमसिसी अनुमोदन भएको छ। एमसिसी सदनमा प्रवेश हुन नसकेर ६ पटक संसद् बैठक स्थगित भएको थियो। अमेरिकाले फागुन १६ गतेभित्र यसलाई अनुमोदन गर्न ताकेता गरेको थियो।

सो समयसीमा सकिनु २४ घण्टाअघि नै एमसिसी अनुमोदन भएको छ। एमसिसी अनुमोदन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा निकै खुसी देखिएका थिए भने मन्त्रीहरू पनि खुसी साटासाट गरिरहेका देखिन्थे। एमसिसी अनुमोदन भएको जानकारी सोमबार अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाइनेछ।
अर्को समाचार
प्रदेश १ मा बजेटः एकल बहुमतले सहजै पारित
०१ साउन २०७८
•
३ मिनेट पाठ
प्रदेश १ मा बजेटः एकल बहुमतले सहजै पारित
लुम्बिनीलगायतका विभिन्न प्रदेशमा बजेट पारित गर्न सकस परिरहेका बेला प्रदेश १ मा भने नेकपा एमालेको बहुमतका कारण सहजै बजेट पारित भयो। गत असार १ गते प्रदेश १ को सरकारले ल्याएको बजेट असार २६ गतेको प्रदेशसभा बैठकले बहुमतका आधारमा पारित गर्‍यो।  




प्रदेश १ मा नेकपा एमालेको बहुमत भएकाले बजेट पारित गर्न धेरै रस्साकस्सी नपरेपनि  बजेट छलफलमा मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री अमिरबाबु गुरूङको अभिव्यक्तिले केही दिन संसद नै अवरुद्ध बन्यो। सभामुखको रुलिङपछि मन्त्रीले बोलेको विषयमा रेकर्डबाट हटाउने सहमतिपछि प्रदेशसभा बैठक सुचारु भयो। प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बजेटको खर्च घटाउने प्रस्ताव राखे पनि प्रदेश सभाको बहुमतले अस्वीकार गरेपछि बजेट बहुमतले पारित भयो।

हुन त प्रदेश १ मा पनि नेकपा एमालेभित्रको विवादले समस्या ननिम्त्याएको भने हैन। तत्कालिन नेकपाबाट माओवादी केन्द्र अलग भएपछि नेकपा एमालेका केही सांसद माओवादी केन्द्रतर्फ लागेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएपछि प्रदेश १ सरकार पनि अल्पमतमा पर्ने स्थिति उत्पन्न भयो। नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरूले असहयोग गर्ने संकेत पाएको प्रदेश १ को सरकारले बजेट सार्वजनिक गर्ने दिन नजिकिंदै गए पनि सांसद अधिवेशन बोलाउन आनाकानी गरिरहेको थियो।  

प्रदेश १ को सरकार अध्यादेशबाटै बजेट ल्याउने सोचमा अघि बढे पनि प्रतिपक्षी दलहरूले संसद जिवित हुँदाहुँदै संसद बाहिरबाट बजेट ल्याए आन्दोलनमा उत्रने चेतावनी दिएपछि प्रदेश सरकार बजेट अधिवेशन आह्वान गर्न बाध्य भयो। प्रदेश १ को सरकारले अध्यायदेशबाट प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गरेर बजेट सार्वजनिक गर्नुभन्दा १५ दिन पहिले पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थालाई संशोधन गरी ५ दिन पहिले पूर्व बजेट छलफल गर्ने व्यवस्था गर्‍यो। यसकै आधारमा प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते २ बजेलाई बोलाइयो।  

प्रदेशसभाको जेठ ३० गतेको बैठकले प्रदेशको नीति तथा कार्यक्रम पारित गर्‍यो। बजेट छलफलका क्रममा सरकाले ल्याएको बजेटका विषयमा असन्तुष्टी देखाएका एमालेका नेपाल पक्षका सांसदहरूले नीति तथा कार्यत्रम र बजेट पारित गर्न भने प्रदेश सरकारलाई सहयोग गरे। नेकपा एमालेभित्रको विवाद समाधानका लागि केन्द्रमा नेताहरूबीच सम्बाद सुरु भएको सकारात्मक समाचारहरू आएका कारण प्रदेश १ का सांसदहरू पनि पार्टीको विवाद साम्य हुनेमा आशावादी देखिएका थिए। यहि मौकामा बजेट आएकाले प्रदेश १ मा बजेट पारित गर्न एमाले नेपाल पक्षका सांसदहरूसमेत सहयोग गरेका कारण बजेट पारित गर्न सहज भएको थियो।  

बजेट पारित भएलगत्तै प्रदेशसभा बैठक अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित भएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठकमा जानकारी गराएका थिए। अझैसम्म प्रदेश १ को प्रदेशसभा बैठक बस्ने मिति तय भइसकेको छैन। यसबीचमा सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएपछि मिल्ने तरखर गरिरहेको सत्तारुढ एमालेमा फाटो आउने निश्चित जस्तै बनेको छ। एमालेमा फाटो आए प्रदेश १ को सरकारसमेत धरमराउने निश्चित छ।  

९३ जना सांसद रहेको प्रदेश १ को प्रदेशसभामा हाल ९२ जना सांसद छन्। नेकपा एमालेतर्फ लागेका माओवादी केन्द्रका सांसदलाई कार्बाही गरेका कारण एकजना सांसदको पद रिक्त रहेको छ। प्रदेश १ मा एमाले एक्लैको ५२ जना सांसद छन्। जसमा नेपाल समूहमा २० बढी सांसद रहेको नेपाल पक्षका नेताहरूले दाबी गर्दै आएका छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन्।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस