द्वन्द्वग्रस्त यमनबाट नेपालीको उद्धार गरिँदै
१६ चैत्र २०७१
•
५ मिनेट पाठ
द्वन्द्वग्रस्त यमनबाट नेपालीको उद्धार गरिँदै
काठमाडौं-सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा रहेका नेपालीको खोजी तथा उद्धार कार्य सुरु गरेको छ। द्वन्द्व चर्कंदै गएर त्यहाँको सुरक्षा स्थिति नाजुक बनेपछि अन्य देशसँगै नेपालले पनि आफ्ना नागरिकको खोजी र उद्धार थालेको हो।यमन हेर्ने जिम्मेवारी पाएका साउदी अरबस्थित नेपाली दूतावासका अनुसार सोमबार साँझसम्म यमनमा रहेका ११ नेपाली सम्पर्कमा आएका छन्।  ‘सम्पर्कमा आएका ११ नेपालीलाई उद्धार गरी नेपाल पठाउन पहल सुरु गरिसकेका छौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले  नागरिकसँग टेलिफोनमा भने, ‘विभिन्न माध्यममार्फत अरू नेपालीको पनि खोजी गरिरहेका छौं।'  
यमनमा हाउथी विद्रोहीले राष्ट्रपति अब्दुल्लाह मन्सुर हादीविरुद्ध आक्रमण गरेका थिए। आक्रमणपछि राष्ट्रपति हादी भागेर साउदी अरब पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। द्वन्द्व चर्किएर राष्ट्रपति नै भाग्नुपर्ने अवस्था आएपछि केही दिनयता साउदी अरबले यमनमा हवाई आक्रमण गरिरहेको छ। यमनका राष्ट्रति हादीकै अनुरोधमा साउदीले हाउथी विद्रोहीमाथि आक्रमण गरेको जनाइएको छ।
द्वन्द्वका कारण संयुक्त राष्ट्रसंघले पनि त्यहाँ रहेका आफ्ना कर्मचारीलाई अन्यत्र सारेको छ भने छिमेकी राष्ट्र भारत र पाकिस्तानले पनि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारी स्वदेश फर्काउन थालेका छन्।
राजदूत पाण्डेका अनुसार राजधानी साना र अर्को ठूलो सहर एजेन्टमा रहेका नेपाली मात्र सम्पर्कमा आएका छन्। यमनको लुलु हाइपर मार्केटमा एकै ठाउँ रहेका अनिल विश्वकर्मा, मनोज भट्टराई, लोकबहादुर गोदार लगायत पाँच जना सम्पर्कमा आएका छन्।
उनीहरूलाई भारत हुँदै नेपाल पठाउन लागेको राजदूत पाण्डेले जनाए। ‘हाइपर कम्पनीको म्यानेजर भारतीय नागरिक रहेछन्, उनले त्यहाँ कार्यरत अन्य भारतीयसँगै नेपालीलाई पनि उद्धार गर्ने जानकारी आएको छ,' पाण्डेले भने।
यमनस्थित प्रोग्रेसो नामक बेलायती गैरसरकारी संस्थामा कार्यरत प्रचण्डमान श्रेष्ठ र उनकी पत्नी जानकी पनि साउदीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूलाई बेलायतले नै उद्धार गर्ने प्रक्रिया सुरु गरेको छ।
यमनको एक सिमेन्ट उद्योगमा कार्यरत खुमानन्द पौडेल भने आफू सुरक्षित रहेको बताउँदै स्वदेश फर्कन मानेका छैनन्। उनले सिमेन्ट उद्योगमा आँफूसँगै ८९ जना भारतीय कामदार रहेको जानकारी गराएका छन्। अप्ठेरो परे भारतीय कामदारसँगै आफ्नो पनि उद्धार हुने जानकारी दूतावासलाई गराएका छन्।
यमनस्थित ग्रान्ड होटलमा कार्यरत भगवानदास श्रेष्ठ र गुणराज श्रेष्ठ नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूले आफ्नो उद्धार गर्न दूतावासलाई आग्रह गरेका छन्। दूतावासले उनीहरूलाई लुलुमा रहेका अन्य नेपालीसँग सम्पर्क गराएको छ।
यमन वैदेशिक रोजगारका लागि नेपालले खुला गरेको राष्ट्र भए पनि त्यहाँ अन्य मध्यपूर्वी राष्ट्रमा जस्तो नेपाली नपुगेको राजदूत पाण्डेले जनाए। ‘तर, यमनमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक छैन,' उनले भने, ‘यमनमा ठूलो संख्यामा नेपाली छैनन्।'
भारतले सोमबार आफ्ना नागरिकको उद्वारमा १ सय ८० सिट क्षमताको एयरबस ए–३२० विमान मस्कट हुँदै यमनको राजधानी साना पठाएको छ। साउदीले यमनमाथि हवाई आक्रमण सुरु गरेपछि त्यहाँका धेरै विमानस्थल बन्द गरिएको छ। यमनमा भारतीय मात्र ३ हजार ५ सय भन्दा बढी रहेका छन्। यमनका अधिकांश ठाउँ सिया हाउथी विद्रोही तथा पूर्वराष्ट्रपति अली अब्दुल्ला सालेहका वफादार सेनाको कब्जामा छन्। उनीहरूले राष्ट्रपति हादीलाई यमनबाट लखेटेका हुन्। हादीले विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लगाएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस