लुम्बिनी प्रदेश सरकारले बिभिन्न जिल्ला अस्पतालहरुको विकास समितिका अध्यक्षहरु नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्री परिषद बैठकले जिल्ला स्तरका १८ वटा अस्पताल विकास समितिमा अध्यक्ष र खेलकुद परिषदमा सदस्यहरु नियुक्त गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जिल्ला स्तरका अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्ष र खेलकुद परिषद्मा सदस्यहरु नियुक्त गरीएको बताए।
सरकारले रुपन्देहीको जिल्ला भिम अस्पताल भैरहवाको अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपानेलाइ नियुक्त गरेको छ। रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, जिल्ला अस्पताल गुल्मीको अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पतालको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य र जिल्ला अस्पताल पाल्पाको अध्यक्षमा नेत्र पाण्डेलाइ नियुक्त गरेको छ।
त्यस्तै बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासीको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तुको तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको अध्यक्षमा धर्मराज पाण्डे र कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डेलाइ नियुक्त गरेको छ।
पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। जिल्ला स्तरका अस्पतालहरुको विकास समिति अध्यक्ष नियूक्त गरेपनि राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेसिक अस्पतालको अध्यक्ष नियुक्त हुन सकेको छैन। सत्तागठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा यी दुइ अस्पताल विकास समितिको अध्यक्ष नियुक्त हुन नसकेको हो।
मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद परिषद्का सदस्यहरु पनि नियुक्त गरेको छ। जसमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ। बैकठले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए।
त्यस्तै सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गर्नुका साथै प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संसोधन पनि स्वीकृत गरेको छ। बैठकले प्रदेशको राजधानी निर्माणको कामलाई थप प्रभावकारी एवं तिव्रता प्रदान गर्नका लागि राजधानी निर्माण आयोजना कार्यन्वयन इकाइ स्थापना गर्ने मुख्यमन्त्रीका प्रेस संयोजक विश्वकर्माले जानकारी दिए।