मोरङको उर्लाबारी नगरपालिका–७ मा नेकपा एमाले नेताको घरबाट जुवा खेल्दै गर्दा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी–७ का एमाले नेता कृष्ण प्रधानको घरमा जुवा खेलिरहेको अवस्थामा प्रधानसहित ७ जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङको विशेष प्रहरी टोली पक्राउ गरेको हो।
प्रधानसहित उर्लाबारी–५ का कमल शाक्य, कृष्ण अधिकारी, गोविन्द केसी, शिव लिम्बू, सुनसरी रामधुनी नगरपालिकास्थित झुम्काका लक्ष्मी बास्तोला र झापा दमकका सूर्य प्रसाईंलाई तासको खालबाट नगद २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जनाकारी दिए।
‘पक्राउ परेका प्रधानको घरमा केही समय अघिदेखि जुवा खेल्ने र खेलाउने गरिएको भन्ने सूचनाका आधारमा छापा मारेका हौं,’ डिएसपी मुकारुङले भने, ‘घरमा को आयो गयो भनेर निगरानीका लागि सबैतिर सिसी क्यामेरा राखेर त्यसको मनिटर जुवा खेल्ने कोठाबाट हुने गरेको रहेछ। ७ जुवाडेलाई त्यही कोठामा बसेर खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो।’
मुलुकी अपराध संहिता २०७४ अनुसार जुवा खेलेको कसुरमा कारबाही हुनेछ। पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको र उनीहरु पहिलो पटक पक्राउ परेको भए उक्त कुसरमा ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको डिएसपी मुकारुङले बताए।
पक्राउ परेका प्रधान स्थानीय तह निर्वाचनमा वडा नम्बर ७ मा नेकपा एमालेकातर्फबाट वडाध्यक्ष पदमा उठेका थिए। एक स्थानीयका अनुसार उर्लाबारी प्रहरीले कुनै चासो नदेखाएपछि जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी दिएपछि जुवाखालमा प्रहरीले छापा मारेपछि उनीहरु पक्राउ गरिएको बताए।