काठमाडौं-नागरिक समाजका अगुवाले प्रस्ताव निर्माण समितिले तयार पारेको प्रश्नावली बहुमतीय प्रक्रियामा लगेर संविधानको मस्यौदा बनाउने तयारीमा लाग्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग आग्रह गरेका छन्।दिनेश त्रिपाठी, चरण प्रसार्इं, बाबुराम गिरी, शर्मिला कार्की, गणेश मण्डल लगायतले आइतबार सभाध्यक्ष नेम्वाङलाई भेटेर तत्काल सहमतिको सम्भावना नदेखिएको जनाउँदैे प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।
उनीहरूले दुई महिनाअघि दलीय सहमतिका लागि अर्को सूचना नभएसम्म संविधानसभा बैठक स्थगित गर्न सभाध्यक्ष नेम्वाङसाग आग्रह गरेका थिए। सोहीअनुसार बैठक स्थगित भएको थियो।
‘संविधानसभा धेरै लामो समयसम्म स्थगित भयो,' सभाध्यक्षसँगको भेटमा सहभागी त्रिपाठीले नागरिकसँग भने, ‘सहमतिको लक्षण देखिएन। अब यसरी अनन्तकालसम्म बैठक स्थगित गर्न मिल्दैन। प्रक्रिया अघि बढाउँदै जानुपर्छ, सहमतिको प्रयास पनि जारी राख्न सकिन्छ।'
उनले संविधानको पहिलो मस्यौदा ल्याउँदासम्म सहमतिको प्रयास जारी राख्न सकिने सुझाव दिएको पनि बताए। ‘पहिलो मस्यौदा ल्याउँदासम्म प्रक्रिया नरोक्न आग्रह गर्यौंर,' उनले भने, ‘त्यसपछि मस्यौदालाई अघि राखेर लेनदेन गर्न सकिन्छ। अब संविधानसभालाई निष्त्रि्कय बनाउन मिल्दैन।'
उनले यसअघि सहमतिका लागि प्रक्रिया रोक्न सभाध्यक्ष नेम्वाङलाई आग्रह गरिएको बताए। ‘तर, अब त्यो सम्भावना देखिएन। टुँडिखेल र खुलामञ्चमा गएर संविधानका अन्तर्बस्तुमा सहमति हुन सक्दैन,' उनले भने।
माघ २९ अघि नै नागरिक समाजका अगुवाहरू प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, सभाध्यक्ष नेम्वाङ समक्ष पुगेर सहमतिका लागि अर्को सूचना नभएसम्म संविधानसभाको बैठक स्थगित गर्न आग्रह गरेका थिए। उनीहरूले करिब १० दिनपछि बैठक राख्ने भए पनि मिति नतोक्न सभाध्यक्ष नेम्वाङसँग आग्रह गरेका थिए।
आइतबार भने उनीहरूले सभाध्यक्ष नेम्वाङसँग यतिका दिनसम्म सहमति नहुँदा आफूहरूलाई पनि लाज भइसकेको बताउँदै तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। प्रक्रियामा जाँदा पनि सहमति खोज्न सकिने भएकाले ढिला नगर्न उनीहरूको आग्रह थियो।