काठमाडौं–०७१ सालको अन्तिम दिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०७२ सालमा मुलुकलाई धरहराजस्तो उच्च बनाउने बताएका छन्।
संविधानका अर्न्तबस्तुमा सहमति जुटाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको प्रमुुख आठ राजनीतिक दलको बैठकमा उपस्थित नभइकन धरहरा चढ्न सुनधारा पुगेका ओलीले ०७२ सालमा मुलुकलाई नयाँ संविधान दिने र धरहराजस्तै उचाईमा पुर्याउने बताएका हुन्। धरहरा चढेपछि संचारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकमा लोडसेडिङ अन्त्य गर्नुपर्ने र रोजगारी सृजना गर्नुपर्ने बताए।

एमाले केन्द्रीय सचिवालय समितिको आयोजनामा ओली धरहरा चढ्न सोमबार पाँच बजे सुनधारा पुगेका थिए। निकै हँसिलो मुद्रामा धरहरा चढ्न पुगेका ओली करिव दश मिनेटमा धरहरा चढेका थिए।तर, ओर्लन भने करिब आधा घण्टा लगाएका थिए। आफ्ना सुरक्षाकर्मीसँगै धरहरा पुगेका ओलीबाहेक उपमहासचिव विष्णु पौडेल, नेताहरु शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुँयाललगायतका नेता धरहरा पुगेका थिए।

तस्बिर : मदन चौधरी