नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय कार्यालयले केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा जिल्ला-जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो।
कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ। उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धीत जिल्ला गइसक्नुपर्नेछ। कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान सञ्चालन गर्दैछ।
त्यसलगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ। प्रधानमन्त्री तथा सोही पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ।
कांग्रेसले विगतका चुनावभन्दा यसपालि फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गरी आठ उद्देश्यका साथ केन्द्रीय नेता गाउँ खटाएको हो। कांग्रेसले आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको पनि उनले बताए।
बैठकमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। साथै सत्ता गठबन्धन टुट्नुको कारणबारे आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने पौडेलले बताए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...