एमसीसी बारे छरिएको भ्रम चिरौंः गृहमन्त्री खाँण
२५ फागुन २०७८
•
३ मिनेट पाठ
एमसीसी बारे छरिएको भ्रम चिरौंः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्रहितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम  फिजाँइएकाले जनता माझ प्रष्ट पार्नुपर्ने बताएका छन्। जनता माझ फिजाँइएको भ्रम चिर्न नसके त्यसले आगामी निर्वाचनमा काँग्रेसलाई क्षति हुन सक्ने उनले बताए। नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार रुपन्देहीको मणिग्राम गरेको जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेता कार्यकर्तालले मात्र हैन संचार र विभिन्न क्षेत्रका बिज्ञहरुले समेत एमसीसी बारे सत्यतथ्य उजागर गर्नु पर्नेमा जोड दिए।




सरकारमा रहेका दल र तीनका केही नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको बताए। तर नेपाली काँग्रेसले सरकारमा नहुँदा पनी एमसीसीलाई बुझेरै स्वीकार गरेको र अनुमोदनको पक्षमा रहेको बताए। बिद्युत प्रसारण लाइन निर्माण गरी बिद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसीसी महत्वपूर्ण हुने उनले बताए। सडक संरचना निर्माण गरीने र ठूलो संख्यामा रोजगारी सिर्जना हुने बताए।

एमसीसी विरोधको नाममा भएका आक्रमण र आलोचना सहेर सरकार संयम बनेको उल्लेख गर्दै उनले विषम परिस्थितीमा निकै संयमता देखाएको भन्दै सुरक्षा निकायलाई धन्यवाद पनि दिए। आन्दोलनका क्रममा ५० प्रहरी घाइते हुँदा समेत सरकारले ठूलो बल प्रयोग नगरेको र कसैको ज्यान जाने अवस्था नआएको दाबी गरे।

समाजिक सञ्जालमा तथानाम टिप्पणी र आलोचना हुँदा समेत सरकारले कसैलाई समान्य सोधपुछ समेत नगरेको उनको भनाइ छ। विरोधका नाममा आलोचना, गाली, झण्डा देखाए पनि जिवित मान्छेलाई श्रद्धाञ्जली लेख्ने जस्तो संवेदनाहिन काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह समेत गरे। आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन नगर्न उनले आग्रह गरेका हुन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले आगामी निर्वाचनमा काँग्रेसले नजिते मुलुक अध्याँरो युगतर्फ प्रवेश गर्ने बताए। लोकतन्त्रको रक्षा,विकास र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि काँग्रेसको जित आवश्यक भएको बताएका हुन्। नेपाली काँग्रेस अभिव्यक्ति स्वतन्त्रताप्रति सँधै उदार रहेको र त्यसले लोकतन्त्रको संस्थागत विकास गर्ने बताए।

पत्रकारिता र प्रजातन्त्र एउटा सिक्काका दुईटा पाटा भएकाले कांग्रेसले स्वतन्त्र पत्रकारिताको खिलापमा सोंच्नै नसक्ने उल्लेख गरे। काँग्रेस नेतृत्वको सरकार सँधै श्रमजीवि पत्रकारको पक्षमा रहेकाले पत्रकारिता क्षेत्रका समस्या सरकारलाई अवगत गराउन आग्रह गरे। ‘पत्रकारका समस्या सरकारलाइ आवगत गराउनुस् हामी त्यसको रचनात्मक सम्बोधन गर्नेछौं’ गृहमन्त्री खाणले भने।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै उनले सञ्चार सम्बन्धि कानुन संशोधन आवश्यक भए त्यसकालागि सरकार तयार रहेको बताए। 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एमसीसी बारे गलत खालका प्रचार र भ्रम छर्ने काम भएको भन्दै सत्य तथ्य उजागर गर्न संचार जगतलाई आग्रह गरे। नेता पुनले काँग्रेसले मात्रै लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने भन्दै प्रेस स्वतन्त्रता र समृद्धिको लागि पनि कांग्रेस अनिवार्य जस्तै भएको बताए।

कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रिय सभापति,हरि लम्साल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,सल्लाहकार खिमानन्द भट्टराइ प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल लगायतले सुभकामना दिए।  

जीपी कोइराला पत्रकारिता पुरस्कार नेपाल र ढकाललाई

पत्रकार माधव नेपाल र हरिष ढकाल जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। बुटवल एफ एमका कार्यकारी निर्देशक तथा बीबीसी नेपाली सेवामा कार्यरत नेपाललाई जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको हो।  

त्यस्तै नेपाल टेलिभिजनमा कार्यरत हरिष ढकाललाई जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कार गरिएको हो। दुबैजनालाई गृहमन्त्री बालकृष्ण खाँणले सम्मान पत्रसहित जनहि २५ हजार राशीको पुरस्कार प्रदान गरेका हुन्।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
६ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस