काठमाडौं-एकीकृत नेकपा माओवादीले राज्य पुनःसंरचनाका सवालमा सिर्जित पाँच जिल्लाको विवाद टुंग्याउने जिम्मा संघीय आयोगलाई दिएर संविधान जारी गर्न सकिने जनाएको छ।आमहडताल स्थगित गरी छलफल र वार्ताको यात्रातर्फ फर्किएको एमाओवादीले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्लालाई कुन प्रदेशमा राख्ने भन्ने विवाद संघीय आयोगमार्फत टुंग्याउनुपर्ने प्रस्ताव अघि सारेको हो।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर आफ्नो पार्टीको धारणा अघि सारेको जानकारी दिए। ‘नेपाली कांग्रेस र नेकपा एमालेले पछिल्लो समय प्रस्ताव गरेअनुसार ६ प्रदेश नै बनाउने भए त्यसको नामकरण र सीमांकन अहिले नै टुंग्याऊँ र पाँच जिल्लाको विवाद मिल्न नसके संघीय आयोगलाई जिम्मा दिऊँ भनेका छौं,' श्रेष्ठले नागरिकसँग भने।
प्रमुख राजनीतिक दलहरूबीच भएको पूर्ववत अनौपचारिक सहमतिलाई संस्थागत गर्दै संविधान जारी गर्ने र पाँच जिल्लाको हकमा संघीय आयोग गठन गरी विवाद मिलाउने प्रस्ताव गए पनि सत्तारूढ दल सकारात्मक नभएको एमाओवादीको भनाइ छ। ‘संविधान निर्माणका बारेमा प्रशस्त विकल्प दिँदा पनि सत्तारुढ दलले अझै पहलकदमी लिएका छैनन्,' श्रेष्ठले नागरिकसँग भने, ‘समस्या संविधानका विवादित विषयमा सहमति नहुनुमा होइन, समस्या सहमति नचाहनु र नखोज्नुमा देखिएको हो।'
उपाध्यक्ष श्रेष्ठले सत्तारूढ दल विवादित ५ जिल्लालाई प्रस्तावित मधेस र थरुहट प्रदेशमा समावेश नगरी अलग्गै बनाउनुपर्ने र त्यो टुंगाएर मात्रै संविधान जारी गर्नुपर्ने अडानमा रहेकाले समस्या भएको बताए।
न्यायप्रणालीका हकमा १० वर्षसम्म संवैधानिक अदालत राख्ने, निर्वाचन प्रक्रियाका हकमा मिश्रित निर्वाचन प्रणाली अपनाउने र अनुपातको विवादलाई वार्ता र छलफल गरी टुंग्याउने विषयमा अनौपचारिक सहमति जुटिसकेको भए पनि त्यसलाई अझै पनि दलहरूले औपचारिक सहमतिको रूप दिन सकिरहेका छैनन्। माओवादीले शासकीय स्वरूपका हकमा ‘नोट अफ डिसेन्ट' लेख्दै ‘सुधारिएको संसदीय व्यवस्था' स्वीकार गर्ने जनाइसकेको छ।