बैशाख–प्रधानमन्त्री शुसील कोइराला १७ सदस्यीय प्रतिनिधि टोलिसहित '६०औं एसियन–अफ्रिकन समिट' मा सहभागी हुन सोमबार इन्डोनेसिया प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सम्मेलनमा सहभागी हुन शनिबार नै इन्डोनेसिया जादैछन्।एसिया तथा अफ्रिका महादेशका १ सय बढी देशको सहभागीतामा इन्डोनेसियाको जाकर्ता र वाङडुङमा सम्मेलन हुँदैछ। नेपाली टोलीले तीन चरणमा सम्मेलनमा सहभागीता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोेतले जानकारी दिएको छ।सुरुमा हुने सचिवस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र सचिव शंकरदास बैरागी इन्डोनेसियाको राजधानी जाकर्ता पुगिसकेका छन्। दोस्रो चरणमा हुने मन्त्रिस्तरीय बैठकमा परराष्ट्र मन्त्री पाण्डे सहभागी हुनेछन्। सम्मेलनको अन्तिममा हुने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कोइरालाले सहभागिता जनाउने छन्।
प्रधानमन्त्री कोइरालालाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा सहभागिताका लागि औपचारिक निमन्त्रणा पठाएका थिए। प्रधानमन्त्री बैशाख १२ गते आईतबार स्वदेश फर्कने कार्यक्रम छ। सो क्रममा प्रधामन्त्रीले छिमेकी मुलकका राष्ट्र प्रमुख एवम् सरकार प्रमुखहरुसंग समेत बेग्लाबेग्लै भेटघाट गर्ने कार्यक्रम रहेको छ।सन् १९५५ देखि हुँदै आएको एसियन–अफ्रिकन सम्मेलनमा नेपालले अटुट सहभागिता जनाउदै आएको छ। सम्मेलनमा एसिया र अफ्रिकाका १ सयबढी देशको सहभागिता रहने बताइएको छ। अधिकांश मुलकबाट राष्ट्र प्रमुख एवंम् सरकार प्रमुखले सहभागिता जनाउनेछन्। सम्मेलनको यो बर्षको नारा 'विश्व शान्ति तथा समृद्धि प्रबर्द्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण' रहेको छ।
भ्रमण टोलीमा प्रधानमन्त्री कोइराला, परराष्टमन्त्री पाण्डे, परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरई, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका निजि चिकित्सक करविर नाथ योगी सहभागी हुनेछन्।परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्रीका स्वाकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर पौडेल क्षेत्री पनि टोलिमा सहभागी हुने परराष्ट्रका उपसचिव एवम् सूचना अधिकारी लेखनाथ भट्टराईले जानकारी दिए। टोलिमा सुरक्षा अधिकारी र सरकारी सञ्चारसंस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन्।सम्मेलनमा व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य चन्द्रप्रसाद ढकालले प्रतिनिधित्व गर्नेछन्।