एमसिसीविरुद्ध सुरुदेखि नै आन्दोलनरत नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आन्दोलनलाई अझै रोकेको छैन। पार्टीले बिहीबार भक्तपुरको चाँंगुनारायण नगरपालिका सुडाल थाकलमाठमा विरोध प्रदर्शन गरेको छ। यसअघि बुधबार जिल्लाको सूर्यविनायक चोकमा प्रदर्शन गरेको थियो।
पार्टी भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूका अनुसार शुक्रबार जिल्लाको चाँंगुनारायण नगरपालिका खरिपाटीमा प्रदर्शन हुनेछ। साथै शनिबार दुई ठाउँंमा प्रदर्शन हुने छन्। विहान चाँंगुनारायण नगरपालिकाकै ताथली खर्कपुल र साँंझ दुवाकोटको न्यौपाने गाउँंमा प्रदर्शन हुने छन्। साथसाथै आइतबार फागुन २९ गते सूर्यविनायक नगरपालिकाको बालकोट चोक र फागुन ३० गते सोमबार कौशलटारमा प्रदर्शन हुनेछ।
भक्तपुरका साथै जिल्ला संगठन भएका देशभरका जिल्लाहरुमा प्रदर्शन भइरहेको पार्टीले जनाएको छ। एमसिसी पास अगाडी पनि पार्टीले दैनिक नयाँं वानेश्वरस्थित संसद घेराउका साथ विरोध सभा गर्दै आएको थियो।