जाकर्ता (इन्डोनेसिया)— इन्डोनेसियाको जाकर्तामा जारी अफ्रो–एसियन सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल शान्ति र सम्वृद्धिको बाटोमा अघि बढेको उल्लेख गरेका छन्। सोमबारको परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा उनले सन् २०२२ सम्म नेपाललाई विकासउन्मुख अवस्थाबाट स्तरोन्नत गरी विकसित मुलुकको दर्जामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। अफ्रिका र एसियाका १०९ देशका परराष्ट्र मन्त्रीहरु सहभागी सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा प्रचुर संभावना रहेका भन्दै सम्भावनालाई पहिचान गर्न र लगानी बढाउन पनि आग्रह गरे।
'हामीसँग रहेको श्रोत र जनशक्तिकोको उचित प्रयोग गर्न सके हामीलाई विकसित हुन समय लाग्दैन,' मन्त्री पाण्डेले नागरिकन्युजसँग भने 'सम्मेलनमा नेपालको संभावनाका पक्षहरुलाई हामीले जोड दिएका छौं ।' उनले नेपालको शान्ति प्रकृया र संविधान निर्माणको प्रकृयाका बारेमा पनि सम्मेलनमा जानकारी गराएको बताए । सहभागी मुलुकहरुबीच पारस्परिक सहयोगबाट विकास र समृद्धि हासिल गर्नेबारेमा छलफल भएको पाण्डेले बताए ।
आईतबार पहिलो चरणमा सचिवस्तरीय बैठकले तयार पारेको ड्राफ्टलाई परराष्ट्रमन्त्री स्तरको बैठकले अन्तिम रुप दिने मन्त्री पाण्डेले बताए । उनले भने 'विभिन्न चरणमा भएका छलफलहरुको निष्कर्षलाई प्रधानमन्त्री र राष्ट्र प्रमुखहरुको बाङडुङमा हुने सम्मेलनले घोषणा गर्नेछ ।'