नेपाल–इन्डोनेसिया सोझो हवाइ सम्पर्कका विषयमा छलफल
०७ वैशाख २०७२
•
६ मिनेट पाठ
नेपाल–इन्डोनेसिया सोझो हवाइ सम्पर्कका विषयमा छलफल
जाकर्ता– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र इन्डोनेसियाली समकक्षी रेट्ने मार्सुदीबीच नेपाल–इन्डोनेसिया सोझो हवाई सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको छ।विश्वका १ सय ९ देशका परराष्ट्रमन्त्री स्तरीय भेलाको सिलसिलामा इन्डोनेसिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री पाण्डेले छलफलबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन्।  
‘नेपाल र इन्डोनेसियाबीच मुख्यतः पर्यटन क्षेत्रमा सहकार्य गर्न सकिनेबारेमा छलफल भएको छ,’ उनले आईतबार परराष्ट्रमन्त्री मार्सुदीसंग भएको वार्ताबारे उल्लेख गर्दै भने ‘नेपालमा आउने पर्यटक सोझै इन्डोनेसिया र यहाँका पर्यटक नेपाल पुग्ने सोझो हवाई सम्पर्क कायम गर्नेबारे हाम्रो छलफल भएको छ।’ उनले प्राबिधिक र प्रारम्भिक तहमा यसबारे गृहकार्य गर्ने सहमति भएको बताए। ‘छिट्टै यसबारे प्रगति हुनेछ, इन्डोनेसिया नेपालमा लगानी बढाउन इच्छुक देखिएको छ,’ उनले भने । इन्डोनेसियाका समकक्षी मार्सुदीले नेपालमा शान्ति र समृद्धि चाहेको र लगानीका लागि इच्छुक रहेको आफूलाई बताएको पाण्डेले जानकारी दिए।

दुईदेशको सहकार्य बृद्धिका लागि इन्डोनेसियामा नेपालको काउन्सुलर कार्यालय स्थापना गर्नेबारेमा पनि छलफल भएको उनले बताए । ‘उपयुक्त प्रतिनिधि छनौट गरेर यहाँ काउन्सुलर कार्यालय राख्नेबारेमा छलफल भएको छ, सायद छिट्टै हाम्रो काउन्सुलर यहाँ खुल्नेछ,’ उनले भने। सोमबारको परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा उनले सन् २०२२ सम्म नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नत गरेर विकासोन्मुख मुलुकको दर्जामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

अफ्रिका र एसियाका १ सय ९ देशका परराष्ट्र मन्त्रीहरु सहभागी सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा प्रचुर संभावना रहेका भन्दै सम्भावनालाई पहिचान गर्न र लगानी बढाउन पनि आग्रह गरे। ‘हामीसँग रहेको श्रोत र जनशक्तिकोको उचित प्रयोग गर्न सके हामीलाई विकसित हुन समय लाग्दैन,’ मन्त्री पाण्डेले नागरिकसंग भने ‘सम्मेलनमा नेपालको संभावनाका पक्षहरुलाई हामीले जोड दिएका छौं ।’ उनले नेपालको शान्ति प्रकृया र संविधान निर्माणको प्रकृयाका बारेमा पनि सम्मेलनमा जानकारी गराएको बताए । सहभागी मुलुकहरुबीच पारस्परिक सहयोगबाट विकास र समृद्धि हासिल गर्नेबारेमा छलफल भएको पाण्डेले बताए।

आईतबार पहिलो चरणमा सचिवस्तरीय बैठकले तयार पारेको ड्राफ्टलाई परराष्ट्रमन्त्री स्तरको बैठकले अन्तिम रुप दिने मन्त्री पाण्डेले बताए। उनले भने ‘विभिन्न चरणमा भएका छलफलहरुको निष्कर्षलाई प्रधानमन्त्री र राष्ट्र प्रमुखहरुको बाङडुङमा हुने सम्मेलनले घोषणा गर्नेछ।’ ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ नारा रहेको बाङडुङ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कोइराला सोमबार नेपालबाट प्रस्थान गरेका छन्। प्रधानमन्त्रीले उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

दक्षीणी मुलुकहरुबीचको सहयोग तथा सहकार्य बढाउदै विश्वमा शान्ति र समृद्धिलाई मजबुत बनाउन सम्मेलनले ठोस रणनीति तय गर्ने मन्त्री पाण्डेले बताए । उनले नेपालका लागि यो सम्मेलन अवसरका रुपमा रहेको बताए। ‘दक्षिणका विकसित र विकासोन्मुख देशहरुसँग हामीले सहयोग र सहकार्य बढाउन चाहन्छौं उनीहरुले गरेको प्रगति हाम्रा लागि सिकाइ हुनसक्छ,’ उनले भने ‘त्यसका लागि यो राम्रो अवसर हो।’

मन्त्री पाण्डेले प्रधानमन्त्री तहमा र परराष्ट्रमन्त्री तहमा पनि साइडलाईन वार्ता र भेटघाटको कार्यक्रम रहेको बताए। सम्मेलनमा चीन, बंगलादेश, पाकिस्तान, जापान, थाइल्याण्ड, म्यान्मार लगायत देशका राष्ट्र प्रमुख एवम् सरकार प्रमुखहरुसँग प्रधानमन्त्रीको साइडलाइन भेटवार्ता हुने उनले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस