जाकर्ता (इन्डोनेसिया)— प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको राजधानी जाकर्ता आइपुगेका छन्। यहाँ जारी अफ्रो–एसियन सम्मेलनमा सहभागी हुन सोमबार काठमाडौंबाट प्रस्थान गरेका कोइराला बैंकक हुँदै मंगलबार बिहान जाकर्ता आइपुगेका हुन्।प्रधानमन्त्री कोइरालालाई जाकर्ता स्थित सुकार्नो–हाता इन्टरनेशनल एयरपोर्टमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र इन्डोनेसियाका अनुसन्धान, प्रबिधि तथा उच्च शिक्षा मन्त्री प्रोफेसर डा. एच मोहमद नासिरले स्वागत गरे। परराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत इवान विरानाताआत्माजा, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहित नेपाली प्रतिनिधि टोलीले प्रधानमन्त्रीलाई स्वागत गरेको थियो।
प्रधानमन्त्री कोइराला नेतृत्वको १७ सदस्यीय नेपाली प्रतिनिधि टोली जाकर्ता र बाङडुङमा जारी सम्मेलनका लागि इन्डोनेसिया आइपुगेको हो। टोलीमा परराष्टमन्त्री पाण्डे, परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरई, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका निजि चिकित्सक करविर नाथ योगी सहभागी छन्।
परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्रीका स्वाकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर पौडेल क्षेत्री पनि टोलिमा सहभागी छन् । सुरक्षा अधिकारी र सरकारी सञ्चारसंस्थाका प्रतिनिधिसमेत भ्रमणमा सहभागी छन् ।