चुनावको सरगर्मी बढेसँगै मधेस दौडाहामा केन्द्रीय नेताहरू
२८ फागुन २०७८
•
३ मिनेट पाठ
चुनावको सरगर्मी बढेसँगै मधेस दौडाहामा केन्द्रीय नेताहरू
स्थानीयतहको चुनावको मिति नजिकिँदै जाँदा मधेस प्रदेशमा केन्द्रीय नेताहरुको दौडाहा बढेको छ। गत स्थानीयतहको निर्वाचनमा मधेसवादीदलको पहिचान बोकेका क्षेत्रीय दलहरुप्रति सर्वसाधारणको आकर्षण देखिएकोमा अहिले अन्यदलले आफ्नो सक्रियता बढाएका छन्।




मधेस प्रदेश सरकारमा राष्ट्रिय पार्टीहरुको सहभागिता बढेसँगै प्रदेशमा प्रभुत्व कायम गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी सहित दलहरुको सक्रियता बढेको छ। राष्ट्रिय दलका केन्द्रीय नेताहरु मधेस दौडाहामा आउँदा सर्वसाधारणको उपस्थिति पनि बाक्लिने गरेको छ।

गत बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको आर्थिक राजधानी वीरगंजमा सम्बोधन गर्दै नेता तथा कार्यकर्तालाई स्थानीयतहको निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न निर्देशन दिए। प्रधानमन्त्री देउवाको मधेस दौडाहा आगामी चुनावको दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बाराको आदर्श कोतवाल गाउँपालिकाको ऐतिहासिक चिउँटाहा गाउँमा पुगेर नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका छन्। विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ। चैत ८ गर्ने पर्साको वीरगंजमा पनि एमाले नेता ओलीले विभिन्न दलमा राम्रो हैसियत राख्नेहरुलाई भित्र्याउने कार्यक्रम रहेको बुझिएको छ।

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहटमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने कामनिरन्तर गरिरहेका छन्। शनिबार विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेता नेपालले नेकपा एसमा स्वागत गर्दै छन्।

लोकतान्त्रिक समाजवादी पार्टीकामहन्थ ठाकुर र राजेन्द्र महतोले सर्लाहीको बलरा र गोडैता नगरपालिकामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आगामी स्थानीयतहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। राष्ट्रिय राजनीतिमा निरन्तर चर्चामा रहने केन्द्रीय नेताहरुको गत तीन दिनमै देखिएको मधेस दौडाहाले स्थानीयतहको चुनावको सरगर्मी बढेको देखिएको छ।

केन्द्रीय नेताहरुको दौडाहाले आगामी चुनावमा पार्टीको वर्चस्व कायम गर्ने मनसाय स्पष्ट भएको नेपाल बुद्धिजीवी परिषदका रौतहट अध्यक्ष अनिल झाको भनाइ छ। पहिले जस्तो मधेस केन्द्रित पहिचान भएको दलको अभाव भएको र मधेसको लागि भनेर आन्दोलन गरेका कुनै पनि दलको नाममा अब मधेस शब्द नै नरहेकोले राष्ट्रिय स्वरुपको भनिएका दलहरुको केन्द्रीय नेताहरुलाई मधेस प्रदेश दौडाहा गर्न सजिलो भएको बुद्धिजीहरुको भनाइ छ।

मधेसको लागि आन्दोलन गर्ने दलहरुले नै मधेस मोह परित्याग गरिसकेको हुनाले मधेसवादी दल भनेर गत स्थानीयतहको निर्वाचनमा पहिचान बनाएका दलका नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा एसमा प्रवेश गरिरहेका छन्।

मधेसवादी दलहरु टुटफुट र गुट उपगुटको राजनीतिमा रहेको अवस्थाले पनि पहिले देखि बलियो मानिँदै आएका दलहरुले स्थानीय चुनावको समयमा आफ्नो आधार मधेसमा फेरि बलियो बनाउन खोजेको देखिएको बुद्धिजीवीहरुको भनाइ छ।

नेपाली कांग्रेसको निकै बलियो आधार रहेको तराई मधेसमा नेकपा एमाले तथा नेकपा एसले पनि बलियो पकड बनाउन केन्द्रीय नेताहरु धमाधम मधेस केन्द्रित दौडाहामा रहेको मलंगवाका उपेन्द्र कुशवाहाको भनाइ छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस